काठमाडौं, मंसिर २९ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले २३ औं शाखा खिचापोखरी न्यूरोडमा संचालनमा ल्याएको छ । उक्त शाखाको आज एक औपचारिक कार्यक्रम विच उद्घाटन भई संंचालनमा आएको हो ।
उद्घाटन गर्दै बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागांईले कम्पनीले छोटो समयमानै आफ्नो साख स्थापित गर्न सफल भएकोमा लगानीकर्ता, संचालक समिति, व्यवस्थापन तथा सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद दिए । उनले बीमा क्षेत्रले रोजगारी बढाउन ठूलो योगदान दिनुका साथै ग्राहक वर्गलाई चुस्त र सहज सेवा लगायत लगानीकर्ताको हित तथा कर्मचारीहरुको मनोवृतिमा विशेष ध्यान दिएर कार्य गर्न व्यवस्थापनलाई सुझाब समेत दिए ।
त्यसैगरी कार्यक्रममा कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकालले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरीनै शाखा सञ्जाल विस्तार गरी ग्राहक वर्गहरुलाई सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्ने जानकारी गराए ।
कम्पनीको आज उद्घाटन भएको शाखा सहित २३ वटा शाखा, २ वटा सम्पर्क कार्यालय तथा १० वटा सेवा काउण्टरहरु र प्रधान कार्यालय सहित ३६ स्थानबाट सेवाग्राहीहरुलाई सेवा प्रदान गरिरहेको ढकालले जानकारी दिए ।
ढकालले कम्पनी निकट भविष्यमा १० सेयर बराबर ८ सेयरका दरले हकप्रद शेयर जारी गर्दै यसै आर्थिक बर्षको अन्तसम्ममा कम्पनीको चुक्ता पूंजी ९७ करोड २० लाख पुयाउने भन्दै अबको २ महिना भित्र थप १६ वटा शाखा तथा सम्पर्क कार्यालयहरु खोलेर आफ्नो शाखा सञ्जाललाई देशको विभिन्न भागमा विस्तार गर्दै चुस्त सेवा प्रदान गर्ने बताए ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले कम्पनीले आफ्ना ग्राहक वर्गहरुलाई सहज बीमा सेवा प्रदान गर्नको लागि सार्वजनिक विदाको दिनमा पनि बीमा सेवा प्रदान गर्ने गरी प्रधान कार्यालयन नक्सालबाट ३ सय ६५ दिने बीमा सेवा शुरु गरिसकिएको जानकारी गराए । उनले कम्पनी हालसम्म ३३ करोड बीमा शुल्क आर्जन गर्न सफल भएको समेत बताए ।































प्रतिक्रिया