काठमाडौं । कीर्तिमान पाँच पल्टको विजेता ब्राजिल विश्वकप २०२६ को समूह ‘सी’को आफ्नो पहिलो खेलमा मोरक्कोसँग १–१ को बराबरीमा रोकिएको छ ।
मोरक्कोले इस्माइल साइबरीको गोलमा २१ औं मिनेटमा अग्रता लिएको थियो । तर त्यो लामो समय टिकेन र ब्राजिलका लागि भिनिसियस जुनियरले ३२ औं मिनेटमा बराबरी गोल फर्काए । त्यसपछि दुवै टिम थप गोल गर्न असफल रहे र दुवै टिमले एक एक अंकमा चित्त बुझाए ।
पछिल्लो समय निकै राम्रो फर्ममा रहेको मोहम्मद औहबी नेतृत्वको मोरक्कोले पाँच पटकको विश्व विजेता ब्राजिललाई पहिलो हाफमा बलियो चुनौताी दिएको छ । ब्राजिलले ५४ प्रतिशत बलमा नियन्त्रण राखेको भए पनि मोरक्कोले गोलको सम्भावना ब्राजिलको भन्दा राम्रो बनाएको थियो ।
मोरक्कोको सामना गर्दा नेयमारबिनै मैदानमा उत्रिएको थियो । नेयमार घाइते भएपछि ब्राजिलियन प्रशिक्षक कार्लो एन्सोलेटीले स्टार खेलाडी नेयमारलाई मोरक्कोसँगको पहिलो खेलमा विश्राम दिएका हुन्।





























प्रतिक्रिया