केन्द्रबिन्दु सम्बाददाता ।
काठमाडौँ, २९ मङ्सिर । मंसिर पहिलो साता विवाहित युवतीलाई एक समुहले सामूहिक बलत्कारपछि हत्याको प्रयास गरी फरार रहदै आएका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत मंसिर २ गते अफिसबाट घर फर्कदै गर्दा उक्त समुहले ललितपुरमा युवतीको सामूहिक बलत्कारको प्रयास गर्दा युवतीले प्रतिकार गरेपछि हत्या गर्ने प्रयास भएको थियो ।
४ साताअघि मंसिर २ गते गोदावरी नगरपालिकाको बाँडेगाउँमा २१ वर्षिय युवतीको उक्त समुहले नै हत्याको प्रयास गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । बलत्कारपछि हत्या प्रयासको घटनामा संलग्न अभियुक्तहरु पीडित युवतीकै श्रीमानका साथीहरु संलग्न रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा पवन कुँवर, बिशालध्वज कार्की र रघु सिलवाल रहेका छन् ।
प्रहरीले पक्राउ गरेका तीनै जनालाई शुक्रबार महानगरीय प्रहरी परिसर ललितपुरले जर्बजस्तीकरणी र ज्यान मार्ने उद्योग मुद्दामा अन्तर्गत कारबाही अघि बढाएको ललितपुर परिसरका प्रवक्ता डिएसपी नरेन्द्र चन्दले बताए । उनले आज शुक्रबार नै उनीहरुलाई अदालतमा पेश गरी मुद्दा प्रक्रिया अघि बढाइ निरन्तरता दिने बताए । पीडित पक्षले बलत्कार नै भएको किटान गरी दिएको जाहेरीको आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
यसरी भयो घटना
मंसिर २ गते साँझ करिब पौन सात बजेको समयमा बाँडेगाउँको बस स्टेसनमा बसबाट झरेर हिड्दै घर फर्कदै गरेको अवस्थामा बाटोमै रहेका उक्त समुहका युवाहरुले उनलाई सडकबाट धकेलेर झाँडीमा पु¥याए । उनले आफ्नो बचाउको लागि हारगुहार गरिन् तर उनकोे हारगुहार कसै सम्म पुगेन, किनभने कराउन थालेपछि उक्त समुहका एक युवकले मुख थने र अर्को युवकले बलत्कारको प्रयास गर्न थाले ।
बलत्कारको प्रयास गर्न लागेपछि त्यसविरुद्ध युुवती प्रतिकार गर्न खोजिन् । तर प्रतिकार गर्न नपाउदै पुनः समुहकै अर्का युवकले उनको टाउकोमा ढुङगा हाने । यो सम्पुर्ण वृतान्त युवतीले आफ्नो मुखबाट प्रहरीलाई सुनाएकी हुन् । पक्राउ परेकाहरुले मदिरा र लागूऔषध सेवन गरेको समेत उनले बताईन् । पक्राउ परेका युवकहरुले नै आफुलाई सुरुमा बलत्कार प्रयास गरेको र पछि हत्या गर्न खोजेको पीडित युवतीले प्रहरी समक्ष बायन दिएकी थिईन् ।
बेलुका घर नआएपछि परिवारले युवतीको खोजी सुरु गरेका थिए । फोन पनि नलागेपछि प्रहरीलाई समेत जानकारी गराएर खोजी सुरु गरेका थिए । खोज्ने क्रममा भोलीपल्ट मंसिर ३ गते बिहान सडकमुनी उनलाई बेहोस अवस्थामा भेटाएका थिए । कपडा च्यातिनुका साथै उनी अर्धनग्न अवस्थामा थिइन् । शरिरभरी नै चोट दाम बसेका थिए । एक हप्तासम्म उनी मानसिक रुपमा विक्षिप्त थिईन । एक हप्तापछि मात्र उनको पूर्ण रुपमा होस खुलेको थियो । अहिलेसम्म युवती अस्पतालमै रहेको उनको परिवारिक स्रोतले जनाएको छ ।
महानगरीय अपराध महाशाखाले करिब चार साता लगाएर घटनाको वास्तविकता पत्ता लगाएको हो ।































प्रतिक्रिया