‘संसद् पुनःस्थापनाभन्दा निर्वाचनमा जानु फलदायी’ : कांग्रेस नेता साउद

‘संसद् पुनःस्थापनाभन्दा निर्वाचनमा जानु फलदायी’ : कांग्रेस नेता साउद

केन्द्रबिन्दु
0
Shares

बारा।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले संसद् पुनःस्थापना भए देशमा अझै अन्योल र जटिलता थपिने धारणा व्यक्त गरेका छन् ।

कांग्रेस बाराले कलैयास्थित पार्टी कार्यालयमा आज आयोजना गरेको कार्यक्रममा साउदले कांग्रेसलाई संसद् पुनःस्थापनाभन्दा निर्वाचनमा जानु फलदायी हुनेमा जोड दिए ।

लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएको हुँदा चुनावबाट भागेर कहिले पनि नजाने बताउँदै चुनावको तयारीमा लाग्न उनले नेताहरुलाई आग्रह गरे । अहिले कांग्रेसमा सहमति, सहकार्य र एकताको खाँचो रहेको हुँदा विगतका सबै कमीकमजोरीलाई बिर्सेर एकजुट भई अगाडि बढ्नु पर्नेमा उनले जोड दिए ।

 

Skip This
Skip This
Logo