फिफा विश्वकप २०२६ : जापान र नेदरल्यान्ड्स २–२ को बराबरी

फिफा विश्वकप २०२६ : जापान र नेदरल्यान्ड्स २–२ को बराबरी

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तरगत जापानले बलियो मानिएको नेदरल्यान्ड्सलाई बराबरीमा रोकेको छ । अमेरिकाको डालासस्थित एटीएनटी रंगशालामा सोमबार भएको समूह ‘एफ’ को यी दुईबीचको खेल २–२ को बराबरीमा टुंगिएको हो ।

नेदरल्यान्ड्सले बल अधिक नियन्त्रणमा राखे पनि पहिलो हाफ गोलको खडेरीमा बितेको थियो । भर्जिल भान डाइकको गोलमा नेदरल्यान्ड्सले ५१ औं मिनेटमा अग्रता लियो । रायन ग्राभेनबर्कको लामो क्रसमा उनले गरेको हेड पोष्टको कुना च्याप्दै गोल भएको थियो ।

जापानले ६ मिनेटपछि नै खेल बराबरीमा ल्यायो । ५७ औं मिनेटमा केइटो नाकामुराले जापानका लागि बराबरी गोल गरे । क्रिसिएनसिओ समरभिलले ६४ औं मिनेटमा गोल गर्दै नेदरल्यान्ड्सलाई पुन: अग्रता दिलाए । यसपटक पनि नेदरल्यान्ड्सबाट ग्राभनेबर्कले नै असिस्ट गरेका थिए ।

तर दाइची कामादाको गोलमा जापानले ८९ औं मिनेटमा खेल २–२ को बराबरीमा ल्याएको थियो । नेदरल्यान्ड्सले १९७४, १९७८ र २०१० मा गरी तीन पटक विश्वकपको फाइनल खेलेको छ, तर कहिल्यै पनि जित्न सकेको छैन भने जापानले सन् १९९८ मा पहिलो पटक विश्वकप खेलेको थियो, त्यसयता टोलीले सबै विश्वकप खेल्दै आएको छ ।

Logo