काठमाडौं,२९,मंशिर
निर्वाचन कानुनमा ‘नो भोट’ को व्यवस्था गर्न सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन नहुँदा कुनै पनि उम्मेदवार मन नपराउने मतदाताका मत बदर भएका छन् । निर्वाचन आयोगका अनुसार मतपत्रमा मत संकेत उल्लेख नगरिएका अधिकांश मत भेटिए पनि मतपत्रमा ‘कसैलाई पनि मत दिन्नँ’ भन्ने विकल्प नहुँदा बाध्यतावश मत बदर भएका हुन् । आयोगका अनुसार समानुपातिक र प्रत्यक्ष दुवैतर्फ बदर मतको संख्या अधिक छ ।
प्रदेश र तथा प्रतिनिधिसभा समानुपातिकतर्फको जारी मतगणनामा मात्र ४ प्रतिशत हाराहारी मत बदर भइसकेका छन् । ‘बिहीबार राति सम्म ६७ जिल्लाको समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ,’ आयोगका प्रवक्ता नवराज ढकालले भने, ‘समानुपातिकतर्फको मतगणनामा ३ देखि ४ प्रतिशत सम्म मत बदर भएको पाइएको छ ।’ उनका अनुसार समानुपातिकतर्फ बदर भएका मतमा पनि अधिकांश मत जाहेर नगरेका मतपत्र छन् ।
कुनै मतदाताले आफ्नो मत जाहेर गर्न नचाहेको अवस्थामा उनीहरूको मतपत्र छुट्टै राख्ने व्यवस्था गर्न सर्वोच्च अदालतले आदेश दिएको थियो । निर्वाचन कानुन बनाउने क्रममा यस्तो व्यवस्था नराख्दा मतदाता आफ्नो ‘नो भोट’ जनाउने अधिकारबाट वञ्चित भएका थिए । ‘मतगणनाका क्रममा कुनै पनि चिह्नमा छाप नलागेको मतपत्रलाई पनि हामीले बदर मतका रूपमा गणना गरेका छौं,’ आयोगका प्रवक्ता ढकालले भने, ‘विशेषगरी मतदाता शिक्षाको कमीका कारणले नै बढी मत बदर भएको हुन सक्छ ।’
राजधानीबाट





























प्रतिक्रिया