काठमाडौं, २८, मंशिर
नेपालबाट दैनिक १७ सय युवाहरु रोजगारीका लागी विदेश गइरहेकै समयमा नेपालमा विदेशबाट काम गर्न आउने विदेशी कामदारको संख्या पनि वढ्न थालेको छ ।चालू आव २०७४/७५ को पहिलो ४ महिनामा १ हजार भन्दा बढी विदेशी रोजगारीका लागि नेपाल आएका छन् । श्रम विभागका अनुसार पछिल्लो समय नेपालमा श्रम स्वीकृति लिएर आउने कामदारको संख्या बढ्दो छ। चालू आवको कात्तिक मसान्त सम्ममा भारत बाहेकका तेस्रो मुलुकबाट नेपालका विभिन्न क्षेत्रमा काम गर्न आउनेको संख्या १ हजार ४१ रहेको विभागका महानिर्देशक देवराज ढकालले जानकारी दिए । तर गत आव २०७३/७४ को चार महिनामा यो संख्या ४५८ मात्रै थियो।
चालु आवको पहिलो चौमासिकमा नेपालमा काम गर्न भन्दै ७१२ जनाले नयाँ श्रम स्वीकृति लिएको विभागको तथ्यांकले देखाउँछ। सोही अवधिमा पहिले नै नेपाल आई काम गरिरहेका ३२९ जना कामदारले श्रम स्वीकृति नवीकरण गरेका छन् । गत आवको पहिलो चौमासिकमा नयाँ काममा लागि श्रम स्वीकृति लिनेको संख्या भन्दा चालू आवका श्रम स्वीकृत लिइ काम गर्ने आउने विदेशीको संख्या ५७९ ले बढी हो। गत आवको पहिलो चार महिनामा विभागबाट नयाँ कामका लागि ३१५ र १४३ ले भिसा नवीकरण गराएका छन् । दक्ष र अनुभवी कामदार तेस्रो मुलुकबाट नेपाल आउने गरेको ढकाल बताउँछन्। यसरी आउनेमा सबै भन्दा बढी भारतीय छन् ।
अन्नपूर्णबाट





























प्रतिक्रिया