८० हजार महिलालाई बलात्कार, लाशमाथि ओछ्यान !

८० हजार महिलालाई बलात्कार, लाशमाथि ओछ्यान !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २७ मंसिर ।

१९३७ मा जापानी सेनाले चीनको संघाईमा कब्जा जमायो । त्यसपछि चीनको राजधानी नानजिंगमा हमला गर्यो । यो दोस्रो विश्वयुद्धको सुरुवात हुने समय थियो । त्यसबेला जापानको सेनाले नानजिंग शहरमा उत्पात मच्यायो । ६ हप्तामा तीन लाख बढी मानिसलाई निर्ममतापूर्वक हत्या गरियो । त्यही बेला ८० हजार महिलालाई बलात्कार गरियो ।

जापानी सेनाको यो क्रूरता मानव इतिहासमै भुल्न योग्य थियो । त्यसबेला नानजिंग चीनको राजधानी थियो । दुबै देशका सैनीकबीच यहीँ मुठभेड भएको थियो ।

त्यसबेला जापानी सेनाले चिनियाँ नागरिकको मासु समेत पकाएर खाएका थिए । जापानी उन्माद यतिमै रोकिएन । उसले चीनलाई चौतर्फी आक्रमण गर्न थाल्यो । पछि जापानलाई रोक्नका लागि अमेरिकाले हतियार उठायो । त्यसपछि चीन र अमेरिका मिलेर जापान विरुद्ध जाइलागे ।

– चीन र जापानको युद्ध अहिले दोस्रो विश्वयुद्धको हिस्सा बनिसकेको छ ।

– हिरोशिमा र नागासाकीमा परमाणु हमलापछि जापानले आफ्नो हार स्वीकार गरेको थियो ।

– चीनको दावी अनुसार त्यस युद्धमा चीनका नागरिक र सैनिक समेत गरेर साढे तीन करोड मारिएका थिए ।

– जापानको अनुसार जापानको दुई लाख सैनिक मारिएका थिए ।

– दोस्रो विश्वयुद्ध १९३९ मा सुरु भएर १९४५ मा सकिएको थियो ।
– चीन र जापानको युद्धलाई २०औं शताव्दीको सबैभन्दा ठूलो एशियाई युद्ध मानिन्छ ।

   (एजेन्सीको सहयोगमा)

Skip This
Skip This
Logo