फिफा विश्वकप २०२६ : पोर्चुगल र कंगो १–१ को बराबरी

फिफा विश्वकप २०२६ : पोर्चुगल र कंगो १–१ को बराबरी

केन्द्रबिन्दु
15
Shares

ह्युस्टन । ५२ वर्षयता पहिलो पटक विश्वकप खेलिरहेको डीआर कंगोले विश्व सुपर स्टार क्रिस्टियानो रोनाल्डो समावेश पोर्चुगललाई १–१ को बराबरीमा रोकेर विश्वकपमा अर्को अप्रत्याशित नतिजा निकालेको छ ।

रोनाल्डोसहित बर्नान्डो सिल्भा, ब्रुनो फर्नान्डेज, भिटिन्हाजस्ता खेलाडी समावेश पोर्चुगलविरुद्ध बुधबार राती कंगोले जब्बर प्रदर्शन गर्दै बराबरीको नतिजा निकालेको हो । विश्वकप इतिहासमा टोलीको यो पहिलो अंक हो । यसअघि १९७४ मा जायरको नामबाट खेल्दा टोलीले ३ खेलमा १४ गोल बेहोर्दै घर फर्केको थियो ।

पोर्चगुलले डीआर कंगोविरुद्ध खेलको छैटौं मिनेटमै अग्रता लिएको थियो । पेड्रो नेटोको क्रसमा जाओ नेभासले हेडबाट सानदार गोल गरेका थिए । पोर्चुगलले पहिलो हाफमा बल अधिक समय आफ्नो नियन्त्रणमा राखे पनि अन्तिममा गोल खर्चन पुगेको थियो ।

Logo