झापा,२७,मंशिर
झापामा प्रतिनिधिसभा प्रत्यक्षतर्फ ४.७४ प्रतिशत र प्रदेशसभा प्रत्यक्षतर्फ ३.६० प्रतिशत मत बदर भएको छ । "/>

झापामा मात्र ३३ हजार मत बदर !

झापामा मात्र ३३ हजार मत बदर !

केन्द्रबिन्दु
0
Shares

झापा,२७,मंशिर
झापामा प्रतिनिधिसभा प्रत्यक्षतर्फ ४.७४ प्रतिशत र प्रदेशसभा प्रत्यक्षतर्फ ३.६० प्रतिशत मत बदर भएको छ । जिल्लाका पाँच वटा निर्वाचन क्षेत्रमा ५ लाख ८५ हजार १६६ मतदाता मध्ये प्रतिनिधिसभा प्रत्यक्षतर्फ ४ लाख १८ हजार १८१ मत खसेकोमा १८ हजार ९१५ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । त्यस्तै प्रदेशसभा प्रत्यक्षतर्फ ४ लाख १७ हजार ६२८ मत खसेकोमा १४ हजार ५०४ मत बदर भएको छ । प्रतिनिधि तथा प्रदेशसभाको मत जोड्दा जिल्लामा ३३ हजार ४१९ मत बदर भएको देखिन्छ । जिल्लामा मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नहुँदा बदर मतको संख्यामा उल्लेखिय बृद्धि भएको हो वुझिएको छ ।
नेपाल समाचारपत्रबाट

Logo