दाङ ,२७,मंशिर

दाङमा गाई काट्दै गरेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । जरायोको सुकुटी भन्दै विक्री गर्नका लागि गाई काट्दै गरेका उनिहरुलाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको हो। "/>

दाङमा गाई काट्दै गरेका ७ जना पक्राउ

दाङमा गाई काट्दै गरेका ७ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

दाङ ,२७,मंशिर

दाङमा गाई काट्दै गरेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । जरायोको सुकुटी भन्दै विक्री गर्नका लागि गाई काट्दै गरेका उनिहरुलाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको हो। देउखुरीको राजपुरमा स्थानीय ३९ वर्षीय विरसिंह थापा सहित सात जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनिहरूलाई राजपुर गाउँपालिका वडा नं. ७ मा तीन वटा गाई काट्दै गरेको अवस्थामा प्रहरीले रंगेहात पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक दुर्गा सिंहले जानकारी दिइन् ।

गाई काटेर मासु विक्री गर्ने मुख्य योजनाकारको मात्रै नाम खुलाइएको भएपनि अन्यको नाम भने सार्वजनिक गरिएको छैन । घटनास्थलबाट एक थना भरुवा बन्दुक समेत बरामद भएको एसपी सिंहले बताइन । उनिहरूले गाई काटेर जरायोको मासु भन्दै विक्री गर्ने गरेको खुल्न आएको छ । ‘गाई काटेर सुकटी बनाउने र त्यसलाई जरायोको सुकुटी भनि बिक्री गर्दा रहेछन् ।’ एसपी सिंहले भनिन्।
नागरिकबाट

Skip This
Skip This
Logo