काठमाडौं,२७,मंशिर
प्रतिनिधिसभाको भवन पुसको अन्तिम सम्म तयार पार्ने गरी संसद सचिवालयले काम अघि बढाएको छ । यसअघि एक सदनात्मक ६ सय १ सदस्यीय संविधानसभाको भवनलाई नै दुई सदनात्मक बनाउन सचिवालयले सरकारसँग ३ करोड ५० लाख मागेको छ । "/>

प्रतिनिधिसभा हल पुस मसान्त अघि तयार नहुने

प्रतिनिधिसभा हल पुस मसान्त अघि तयार नहुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,२७,मंशिर
प्रतिनिधिसभाको भवन पुसको अन्तिम सम्म तयार पार्ने गरी संसद सचिवालयले काम अघि बढाएको छ । यसअघि एक सदनात्मक ६ सय १ सदस्यीय संविधानसभाको भवनलाई नै दुई सदनात्मक बनाउन सचिवालयले सरकारसँग ३ करोड ५० लाख मागेको छ । सरकारले यसअघिको व्यवस्थापिका संसद्लाई संघीय संसदमा पुनर्संरचना गर्न आवश्यक बजेट दिइनसकेको संसद सचिवालयका प्रवक्ता भरतराज गौतमले बताए । उनले भने, ‘सरकारले अहिले हामीले मागेको रकम स्वीकृत गरिसकेको छैन । सचिवालयको आन्तरिक स्रोतबाट नै प्रतिनिधिसभा तयार पार्ने काम भइरहेको छ । पुस मसान्त सम्म प्रतिनिधिसभा भवन बन्नेछ । राष्ट्रियसभा हल बन्न भने केही समय लाग्नेछ ।’

निर्वाचन आयोगले मंसिर भित्र प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम आउने जानकारी दिएको छ । संविधानको धारा ९३ अनुसार आयोगले अन्तिम मतपरिणाम सार्वजनिक गरेको ३० दिन भित्र राष्ट्रपतिले संघीय संसदको अधिवेशन आह्वान गर्नु पर्नेछ । संघीय संसदमा प्रतिनिधिसभा र राष्ट्रिय सभा रहनेछ । प्रतिनिधिसभा निर्वाचन लगत्तै राष्ट्रिय सभाको निर्वाचन गर्नु पर्ने संवैधानिक बाध्यता छ । तर राष्ट्रिय सभा निर्वाचन कानुन बनिसकेको छैन । सरकारले १ कात्तिकमा अध्यादेश मार्फत ल्याएको राष्ट्रिय सभा विधेयक स्विकृतिका लागि राष्ट्रपति कार्यालयमा छ । तर राष्ट्रपति विद्यादेवी भण्डारीले अझै राष्ट्रिय सभा विधेयक प्रमाणीकरण गरेकी छैनन् ।
नयाँपत्रिकाबाट

Logo