काठमाडौं,२७,मंशिर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्राविधिक कार्यालय कञ्चनपुरमा कार्यरत जिल्ला इन्जिनियर केदार शर्मा सहित चार जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । "/>

घूस माग्ने इन्जिनियर विरुद्ध मुद्दा दायर

घूस माग्ने इन्जिनियर विरुद्ध मुद्दा दायर

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,२७,मंशिर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्राविधिक कार्यालय कञ्चनपुरमा कार्यरत जिल्ला इन्जिनियर केदार शर्मा सहित चार जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका सहायक प्रवक्ता खगेन्द्र रिजालका अनुसार प्रमुख जिल्ला इन्जिनियर केदार शर्माको निर्देशनमा सोही कार्यालयका लेखापाल केशवराज जोशी, सबइन्जिनियर डण्डीराज पाण्डे, वीरेन्द्रसिंह बडाल र नवीनकुमार दुबेको मिलोमतोमा ठेक्का सदर गर्दा सेवाग्राहीसँग ६ लाख नगद र १४ लाख ७० हजार बराबरको चेक लिइरहेको अवस्थामा केही दिन पहिले आयोगको टोलीले पक्राउ गरेको थियो । आयोगले उनीहरुलाई जनही २० लाख ७० हजार बिगो कायम गरी जरिवाना र कैद सजायँ माग दाबी गर्दै मुद्दा दायर गरेको हो ।
रासस

Logo