कैलाली ,२६,मंशिर
प्रहरीको फरार सूचीमा रहेका रेशम चौधरी कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । राजपाका उम्मेदवार चौधरीले पूर्वानुमान विपरित वाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई झण्डै २१ हजारको फराकिलो मतअन्तरले हराएका छन् । चौधरी ३४ हजार ३४१ मत सहित निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी वाम गठबन्धबाट एमाले उम्मेदवार मदन कुमारी शाह ले १३ हजार ४०६ मत मात्र पाइन् । चौधरी र शाह बीचको मतअन्तर २० हजार ९३५ छ ।
कांग्रेसकी इश्वरी न्यौपाने तेस्रो स्थानमा रहिन् । उनको मत ११ हजार २०३ छ । चौधरी कैलाली घटनाका मुख्य आरोपी हुन् र उनी प्रहरीको फरार अभियुक्तको सूचीमा छन् । उनले वारेसनामा मार्फत् उम्मेदवारी दिएका थिए ।





























प्रतिक्रिया