काठमाडौं,२६,मंशिर
कृषि विकास बैंकको न्युरोड शाखा घोटाला प्रकरणमा संलग्न थप तीन अभियुक्तहरु पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार घोटाला प्रकरणमा संलग्न भएको अभियोग लागेका रामेछाप जिल्ला स्थायी घर भई हाल काठमाडौं महानगरपालिका वडा नम्वर ३२ बस्दै आएका ४७ वर्षीय प्रेमहरी ढुंगेल, गोरखा जिल्लाको पालुङटार घर भई हाल काठमाडौं बस्दै आएका गोपाल गिरी र र गोरखा जिल्लाकै बक्राङ स्थायी घर भई काठमाडौंको चन्द्रागिरि बस्दै आएका महेश्वर मरहठ्ठा पक्राउ परेका हुन् । "/>

कृषि विकास बैंक घोटाला प्रकरणका थप तीन अभियुक्त पक्राउ

कृषि विकास बैंक घोटाला प्रकरणका थप तीन अभियुक्त पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,२६,मंशिर
कृषि विकास बैंकको न्युरोड शाखा घोटाला प्रकरणमा संलग्न थप तीन अभियुक्तहरु पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार घोटाला प्रकरणमा संलग्न भएको अभियोग लागेका रामेछाप जिल्ला स्थायी घर भई हाल काठमाडौं महानगरपालिका वडा नम्वर ३२ बस्दै आएका ४७ वर्षीय प्रेमहरी ढुंगेल, गोरखा जिल्लाको पालुङटार घर भई हाल काठमाडौं बस्दै आएका गोपाल गिरी र र गोरखा जिल्लाकै बक्राङ स्थायी घर भई काठमाडौंको चन्द्रागिरि बस्दै आएका महेश्वर मरहठ्ठा पक्राउ परेका हुन् । पक्राउ परेका मध्ये ढुंगेल कृषि विकास बैंककै मुख्य शाखा प्रबन्धक, गिरी न्युरोड शाखाकै प्रमुख रहेका छन् भने मरहठ्ठा सोही शाखामा कार्यरत कर्जा प्रमुख रहेका छन् । सीआईबीका अनुसार तीनै जनालाई मंसिर २४ गते आइतबार न्युरोडबाट पक्राउ गरिएको हो । पक्राउ परेका तीनै जनालाई मंसिर २५ गते उच्च अदालत पाटन लगिएकोमा अदालतको आदेशअनुसार सोही दिन थप अनुसन्धानको लागि सात दिन म्याद थप गरिएको सीआईबीले जनाएको छ ।
अभियुक्तहरुले काठमाडौंको मुख्य शाखा कार्यालय न्युरोडबाट अन्तर्शाखा कारोबार हिसाब मिलानको क्रममा रकम स्थानान्तरण भएको देखाई बैंकको रकम एक आपसमा मिलेमतो गरी बैंकलाई हानिनोक्सानी पुर्याउने उद्देश्यका साथमा बैंकको मौज्दात रकम करिब ४ करोड ९१ लाख हिनामिना गरेको देखिएको छ । सीआईबीका अनुसार घोटाला प्रक्रियामा संलग्न प्रतिवादी दीपिका रेग्मी समेत भएको बैंकिङ कसुर मुद्दाको अनुसन्धानको क्रममा पक्राउ परेका प्रतिवादी दीपिका रेग्मीको बयानबाट कृषि विकास बैंक न्युरोड शाखामा अनियमितता गर्ने कार्यमा संलग्न रहेको भनी खुलेका थप तीन व्यक्ति पक्राउ परेका हुन् ।
आर्थिक दैनिकबाट

Logo