काठमाडौं,२६,मंशिर 
सरकारले आगामी बिहीबार प्रदेश प्रमुखको मनोनयन गर्ने भएको छ । साथै सात वटै प्रदेशमा प्रदेशसभाको पहिलो बैठक बस्ने ठाउँ पनि सोही दिन तोकिनेछ । "/>

सरकारले बिहीबार सम्ममा प्रदेश प्रमुख तोक्ने

सरकारले बिहीबार सम्ममा प्रदेश प्रमुख तोक्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,२६,मंशिर 
सरकारले आगामी बिहीबार प्रदेश प्रमुखको मनोनयन गर्ने भएको छ । साथै सात वटै प्रदेशमा प्रदेशसभाको पहिलो बैठक बस्ने ठाउँ पनि सोही दिन तोकिनेछ । स्रोतका अनुसार पूर्वप्रशासक, पूर्वउपकुलपति, निर्वाचन आयोगका पूर्वप्रमुख मध्येबाट प्रदेश प्रमुख तोक्ने तयारी सरकारले गरेको छ । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मोहन बस्नेतले आगामी बिहीबार बस्ने मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुखको मनोनयन, प्रदेशसभाको पहिलो बैठक बस्ने ठाउँ लगायतका विषयमा निर्णय गर्ने सम्भावना रहेको बताए ।

प्रदेश प्रमुखका लागि केदारभक्त माथेमा, अनुराधा कोइराला, भोजराज पोखरेल लगायतको नाम बारे छलफल भइरहेको एक मन्त्रीले बताए । यसैगरी पूर्वसेनापति रूक्मागंत कटुवालको नाम पनि चर्चामा छ । प्रदेशमा बन्ने वाम गठबन्धनको सरकारलाई काम गर्न सजिलो पार्न गैरराजनीतिक र बौद्धिक व्यक्तिलाई प्रदेश प्रमुखमा मनोनयन गर्ने तयारी सरकारले गरेको स्रोतको भनाइ छ । सञ्चारमन्त्री बस्नेतले प्रत्यक्ष राजनीतिमा असंलग्न, बौद्धिक छवि भएको र आफ्नो क्षेत्रमा ख्याति कमाएको व्यक्तिलाई प्रदेश प्रमुखमा मनोयन गर्ने तयारी भएको बताए । ‘कांग्रेसले चुनावमा अनपेक्षित पराजय भोगेपछि सकेसम्म प्रत्यक्ष राजनीति भन्दा टाढा रहेका व्यक्तिलाई प्रदेश प्रमुखमा मनोयनन गर्ने तयारी भएको हो,’ स्रोतले भन्यो ।

सरकारले बिहीबार नै सातवटै प्रदेशमा प्रदेशसभाको पहिलो बैठक बस्ने स्थान बारे निर्णय गर्ने भएको छ । स्रोतका अनुसार सरकारले १ नम्बर प्रदेशमा विराटनगर, २ मा जनकपुर, ३ मा लतिलपुर, ४ मा पोखरा, ५ मा दाङ, ६ मा सुर्खेत र ७ मा धनगढी वा दिपायल मध्ये एक ठाउँलाई प्रदेशसभाको पहिलो बैठक बस्ने स्थानका रुपमा तोक्ने तयारी गरेको छ ।
नागरिकबाट

Logo