काठमाडौं,२५, मंशिर
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मंसिर १० र २१ गते भएको निर्वाचनको मत परिणाम सार्वजनिक हुने क्रम जारी छ । हालसम्म प्रतिनिधिसभा तर्फ जम्मा १२३ क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ ।
त्यस मध्ये एमालेले ६८ क्षेत्रमा विजयी हासिल गरेको छ भने ११ स्थान अग्रता लिएको छ । माओवादी केन्द्रले अहिले सम्म २५ मा विजयी भएको छ भने ११ मा अग्रता कायम राखेको छ । कांग्रेसले १४ मा विजयी भएको छ भने ७ मा अग्रता लिएको छ । राजपा र संघीय समाजवादीले ११, राप्रपाले १, नयाँ शक्तिले १, राष्ट्रिय जनमोर्चाले १, स्वतन्त्रबाट १ जना विजयी भएका छन् ।





























प्रतिक्रिया