टीकापुर,२५, मंशिर
कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय जनता पार्टी नेपालका उमेदवार रेशमलाल चौधरीले अप्रत्याशित रुपमा बढेको अग्रतालाई कायम राखेका छन् । सोमबार बिहान ७ वजे सम्मको परिणाम अनुसार उनले प्रतिष्पर्धीलाई १३ हजार १६ मतले पछि पार्दै अग्रता बढाएका हुन् । पछिल्लो मत परिणाम अनुसार प्रतिनिधिसभा सदस्य पदका लागि वारेश मार्फत उमेदवारी दर्ता गराएका चौधरीले १८ हजार २४३ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उमेदवार मदनकुमारी शाह ‘गरिमा’ ले ५ हजार २२७ मत ल्याएका छन् । प्रहरीको ‘मोष्ट वान्टेड’ सूचीमा रहेका चौधरी विरुद्ध स्थानीय प्रशासनले टीकापुर घटनामा संलग्न भएको दावी गर्दै कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र हतियार डकैती सम्बन्धि तीन वटा मुद्दा दायर गरेको छ ।





























प्रतिक्रिया