युद्धविरामको समयमा पनि हेजबुल्लाह विरुद्धको अप्रेसन जारी राख्ने आइडिएफको दावी

युद्धविरामको समयमा पनि हेजबुल्लाह विरुद्धको अप्रेसन जारी राख्ने आइडिएफको दावी

केन्द्रबिन्दु
9
Shares

तेल अवीव । इजरायली रक्षा बल (आईडीएफ)ले युद्धविरामको समयमा पनि दक्षिणी लेबनानमा हेजबुल्लाह विरुद्धको अप्रेसन जारी राख्ने जनाएको छ ।

आईडीएफका प्रवक्ता ब्रिगेडियर जनरल एफी हेजबुल्लाहले गरेको पछिल्लो आक्रमणमा चार इजरायली सैनिकहरूको मृत्यु भएको घटना इजरायली पक्षले ‘स्वीकार गर्न सक्ने’ वास्तविकता नभएको बताएका छन् । आईडीएफले थप खतराहरू रोक्न दक्षिणी लेबनानमा आफ्नो कारबाही जारी राख्ने कुरामा जोड दिएको छ ।

प्रवक्ता डेफ्रिनले इजरायलले थप तनावको लागि पर्खन नसक्ने कुरामा जोड दिँदै तत्कालका खतराहरू हटाउन, हेजबुल्लाहको उल्लङ्घनको जवाफ दिन र नागरिकको सुरक्षाका लागि आवश्यक कार्वाहि जारी राख्ने जनाए ।

हेजबुल्लाहले दक्षिणी लेबनानमा सक्रिय इजरायली सेना माथि आक्रमण गरे पछि प्रतिक्रीया स्वरुप भएको आक्रमणमा चार सैनिकको मृत्यु भएको थियो ।

डेफ्रिनले हेजबुल्लाहले पछिल्लो समयमा युद्धविरामको उल्लङ्घन गरी नागरिक र सैन्य कर्मचारीलाई लक्षित गरी सयौं ड्रोन र रकेट आक्रमण गरेको जनाए ।

लेबनानमा विद्रोही समूहले युद्धविराम उल्लङ्घन गरी ड्रोन आक्रमण गरे पछि दक्षिणी लेबनानमा आइडिएफ ट्याङ्क बटालियनका कमान्डर र अन्य तीन सैनिकको मृत्यु भए पछि इजरायली सेनाले बेका उपत्यकामा हेजबुल्लाहको पूर्वाधारमा आक्रमण गरेर जवाफ दिएको जनाइएको छ ।

आक्रमणको केही समय पछि, यस क्षेत्रमा तनाव कम गर्ने प्रयास स्वरुप इजरायल र हेजबुल्लाह बीच नयाँ युद्धविराम सम्झौता भएको जनाइएको छ । सिएनएनले वार्तासँग परिचित धेरै स्रोतहरूलाई उद्धृत गर्दै इजरायल र हेजबुल्लाहले युद्धविराम पुनस्र्थापित गर्ने सम्झौतामा पुगेको जनाएको छ । स्रोतहरूलाई उदृत गर्दै सिएनएनले यो सम्झौता संयुक्त राज्य अमेरिका र कतारको सयुक्त मध्यस्थता प्रयास मार्फत भएको थियो ।

दुई पक्षबिच युद्धविरामको घोषणा भएको केही क्षण पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनानमा विद्रोही समूहसँग इजरायली पक्षलाई युद्धविराममा सहमत हुन आग्रह गरेको बताए । -एएनआई

Logo