टीकापुर, २३, मंसिर ।
कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा तर्फ राष्ट्रिय जनता पार्टीका उमेदवार रेशम चौधरी फराकिलो मतान्तरका साथ अघि बढी रहेका छन् । पछिल्लो मत परिणाम अनुसार प्रहरीको फरार सूचीमा रहेका चौधरीले चार हजार ५६९ मत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उमेदवार गरिमा शाहले १ हजार ९३ मत ल्याएकी छन् । भूमिगत रहेका चौधरीले वारेस मार्फत उमेदवारी दर्ता गराएका थिए । स्थानीय प्रशासनले उनी माथि टीकापुर घटनामा संलग्न भएको दावी गर्दै कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र हतियार डकैती सम्बन्धि तीन वटा मुद्दा दायर गरेको छ । ०७२ भदौ ७ गते भएको टीकापुर घटनामा प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने सहित सात जना सुरक्षाकर्मी र डेढ वर्षिय बालक टेकेन्द्र साउदको हत्या भएको थियो ।





























प्रतिक्रिया