मंसिर, २३, चितवन

प्रतिनिधि सभा सदस्य पदका लागि चितवन क्षेत्र नं. ३ मा बाम गठबन्धनको तर्फबाट उम्मेदवार रहेका नेकपा (माओवादी) केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सुरुवाती परिणाममा पछाडी परे पनि अहिले उनले प्रतिस्पर्धी उम्मेदवारसँग मतान्तर बढाउँदै लगेका छन् । "/>

चितवन ३ मा प्रचण्ड फराकिलो अग्रता तर्फ

चितवन ३ मा प्रचण्ड फराकिलो अग्रता तर्फ

केन्द्रबिन्दु
0
Shares

मंसिर, २३, चितवन

प्रतिनिधि सभा सदस्य पदका लागि चितवन क्षेत्र नं. ३ मा बाम गठबन्धनको तर्फबाट उम्मेदवार रहेका नेकपा (माओवादी) केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सुरुवाती परिणाममा पछाडी परे पनि अहिले उनले प्रतिस्पर्धी उम्मेदवारसँग मतान्तर बढाउँदै लगेका छन् । दाहालसँग काँग्रेसको समर्थनमा राप्रपा प्रजातान्त्रिकका उम्मेदवार तथा वन मन्त्री विक्रम पाण्डे प्रतिस्पर्धामा छन् ।
बिहान सबेरै प्राप्त मत गणना विवरणमा दाहालले ३ हजार ५७ मत ल्याएका छन् । राप्रपा प्रजातान्त्रिकका पाण्डेको एक हजार ९२७ मत आएको छ । चितवन जिल्ला निर्वाचन क्षेत्र नं. ३ का सहायक निर्वाचन अधिकृत केशव पौडेलले सो जानकारी दिएका हुन् । पौडेलका अनुसार क्षेत्र नं. ३ मा अहिले सम्म पाँच हजार ३५५ मत गणना भएको छ । जसमा १९१ मत बदर भएको उनले बताए । प्रतिनिधि सभाका तीन र प्रदेश सभाका छ निर्वाचन क्षेत्र रहेको चितवनमा सवै क्षेत्रहरुमा बाम गठबन्धनका उम्मेदवारहरुको नै अग्रता छ । चितवनमा कुल मतदाता ३ लाख ५४ हजार ३६ रहेकोमा बिहिबार सम्पन्न मतदानमा ७३ प्रतिशत भन्दा बढी अर्थात २ लाख ६१ हजार ४८ मत खसेको थियो । दहाल उम्मेदवार रहेको क्षेत्रमा एक लाख २५ हजार मतदाता रहे पनि ९३ हजार ८२६ मत खसेको थियो ।

Skip This
Skip This
Logo