मंसिर, २३, काठमाडौं
काठमाडौँ क्षेत्र नं ३ प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का कृष्ण राई विजयी भएका छन् । उनले १९ हजार १६९ र उनका निकटतम प्रतिष्पर्धी नेपाली काँग्रेसका अम्बिका बस्नेतले १४ हजार ८८४ प्राप्त गरेकी छिन् । यस्तै काठमाडौँ क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा एमालेका नेता माधवकुमार नेपालले प्रतिद्वन्द्वी भन्दा दोब्बर मतले अगुवाइ गरिरहेका छन् । हाल सम्म गणना भएको २७ हजार ६१७ मध्ये नेपालले १३ हजार ८७० र नेपाली काँग्रेसका दीपक कुइँकेलले सात हजार २८२ मत प्राप्त गरेका छन् । यस्तै विवेकशील साझा पार्टीका डा सूर्यराज आचार्यले ४ हजार ७५७ मत प्राप्त गरेका छन्।































प्रतिक्रिया