रसुवा, २३, काठमाडौं
रसुवामा प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका मोहन आचार्य विजयी भएका छन् । राति ३ बजे सार्वजनिक अन्तिम मत परिणाम अनुसार आचार्यले १४ हजार ४५३ र उनका निकटतम प्रतिद्वन्द्वी एमालेका जनार्दन ढकालले १० हजार २७८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले जानकारी दिए ।
प्रदेश ‘क’मा नेपाली काँग्रेसका प्रभात लामा ६ हजार ९७६ मत ल्याई विजयी भइसकेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कन्र्याल तामाङले ५ हजार १५२ मत प्राप्त गरेका छन् । त्यस्तै प्रदेश ‘ख’मा नयाँ शक्ति नेपालका प्रेमबहादुर तामाङ सात हजार ४० मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका इन्द्रप्रसाद गोतामेले ५ हजार ६९२ मत प्राप्त गरे ।





























प्रतिक्रिया