मंसिर, २३, काठमाडौं
प्रतिनिधि सभा र प्रदेश सभाको मतगणनाको परिणाम आउने क्रम जारी छ । पछिल्लो मत परिणाम अनुसार प्रतिनिधिसभा तर्फको ७ स्थानको मतपरिणाम सार्वजनिक भइसकेको छ । जसमा एमाले ५, माओवादी केन्द्र १ र स्वतन्त्र उम्मेदवार १ स्थानमा विजयी भएका छन् । एमाले–माओवादीको बाम गठबन्धन मतगणना जारी रहेका प्रतिनिधिसभा तर्फका ५६ स्थानमा अगाडी छ । जसमा एमाले ३८ र माओवादी केन्द्र १८ ठाँउमा अगाडी रहेका छन् । यस्तै नेपाली कांग्रेस ९ स्थानमा अगाडी छ ।
प्रतिनिधि सभामा विजयी हुनेहरु
म्याग्दीमा प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनबाट नेकपा एमालेका उम्मेदवार भुपेन्द्रबहादुर थापा विजयी भए । थापा २३ हजार ३०८ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँगेसका खमबहादुर गर्वुजाले २० हजार ९८० मत प्राप्त गरे । प्रतिनिधिसभा सदस्यतर्फ मनाङमा एमालेका पाल्देन छोपाङ गुरुङ विजयी भए । उनले कांग्रेसका टेकबहादुर गुरुङलाई पराजित गरे । त्यस्तै मुस्ताङमा वाम गठबन्धनले जित हात पारेको छ । वाम गठबन्धनका उम्मेदवार प्रेमप्रसाद तुलाचनले प्रतिनिधिसभा तर्फ नेपाली कांग्रेसका उम्मेदवार रोमी गौचनलाई पराजित गर्दैै विजयी भए ।
पुर्वी रुकुममा प्रतिनिधिसभा बामगठबन्धनकी कमला रोका १० हजार ४ सय ३४ मत प्राप्त गरि विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिशंकर घर्तीले ४ हजार ४ सय ६ मत प्राप्त गरे । मुगुबाट प्रतिनिधिसभामा एमालेका गोपाल बहादुर बम १३०३४ मत सहित विजयी भए । बमका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका हस्तबहादुर मल्लले ९८६१ मत प्राप्त गरे ।
नागरिकबाट





























प्रतिक्रिया