अछाम , २०, मंसिर

मंगलबार दिउसो पछि एक्कासी मौसममा आएको परिवर्तनसँगै देशैभर चिसो वढेको छ । "/>

मौसम एकाएक परिवर्तनः पानी परे सँगै चिसो पनि वढ्यो

मौसम एकाएक परिवर्तनः पानी परे सँगै चिसो पनि वढ्यो

केन्द्रबिन्दु
0
Shares

अछाम , २०, मंसिर

मंगलबार दिउसो पछि एक्कासी मौसममा आएको परिवर्तनसँगै देशैभर चिसो वढेको छ । केहि ठाउँमा छिटफुट वर्षा पनि भएको छ । भोली हुने मतदान प्रक्रियामा यसले केहि प्रभाव पार्न सक्ने अनुमान गरिएको छ । यसैविच मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि कर्मचारी मतदान स्थलमा खटिएकै दिनबाट मौसममा परिवर्तन आएको छ । मंगलबार देखि एक्कासी चिसो बढेपछि मतदान स्थलमा खटिएका कर्मचारीलाई बसोबासमा समस्या भएको छ।
जिल्लाको रामारोशन खप्तड ऋषिदह भटाकाटिया लगायत उच्च लेकाली भागमा हिउँ पर्न सुरु भएको छ भने जिल्लाको प्रायः सबै ठाउँमा सिमसिम पानी पर्न थालेको छ। मौसमको अवस्था हेर्दा राति सम्म थप अन्य ठाउँमा पनि हिउँ पर्न सक्ने देखिएको छ। निर्वाचनका लागि बुथमा खटिएको २०–२२ जनाको टोलीलाई चिसोका कारणले बस्न समस्या भएको निलकण्ठ निमावि रामारोशन केन्द्रका मतदान अधिकृत भीम चलाउनेले जानकारी दिए। लेकतिर बिहानैबाट हिउँ पर्न सुरु हुँदा सारै चिसो बढेको र राति सम्म गाउँ सम्म हिउँ पर्न सक्ने उनले बताए। यस्तै चिसो बढेमा निर्वाचन व्यवस्थापन गर्न थप समस्या हुने उनले जानकारी दिए।
अन्नपूर्णबाट

Logo