यसकारण मानिसले खिचाए यस्तो फोटो ? भाइरल हुँदैछ

यसकारण मानिसले खिचाए यस्तो फोटो ? भाइरल हुँदैछ

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, १९ मंसिर ।

अहिले सोसल मिडियामा केही अनौठा तस्विर भाइरल भएका छन् । त्यसमा धेरैजसो मास्क लगाइएको देखिन्छ । हरियाली, सुन्दर, शान्त ठाउँमा किन मास्क लगाएर फोटो खिँचेका होलान् ? फोटो हेरेपछि यस्तै प्रश्न उठ्छ ।

यसको वास्तविकता यस्तो रहेछ ।

यी फोटाहरु इन्डोनेसियाको केबली द्वीपमा स्थित अंगुग ज्वलामुखीको हो । यो चर्चित पर्यटकीय स्थल रहेछ । केही दिनअघि यहाँ बिस्फोट भएको रहेछ । त्यसले स्थानीय जनजीवन अस्तव्यस्त बन्न पुगेछ । तर, त्यो ज्वालामुखीको आकर्षणले पर्यटकलाई भने मोहनी लगाएछ । त्यसैले उनीहरु हावामा तैरिरहेको ग्यासको बीचमा फोटो खिचाउँदा रहेछन् । ग्यासको कारण उनीहरुले मास्क लगाएका रहेछन् ।

यही मेसोमा सोसल मिडियामा बाली ज्वालामुखी ट्रेन्ड भयो र मानिसले यससँग फोटो क्लिक गरेर सेयर सुरु गर्न थाले ।

बालीको ज्वालामुखी पृथ्वीको सुपर भोल्कानोमध्ये एक हो । अगुंग ज्वालामुखीलाई लिएर अहिले अलर्ट जारी गरिएको छ । सन् १९६३ मा भएको ज्वालामुखी बिस्फोटमा १५ हजारभन्दा बढीको मृत्यु भएको थियो ।  (एजेन्सीको सहयोगमा)

Skip This
Skip This
Logo