काठमाडौं,१९,मंशिर
नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा हाल जडित क्षमता ९७२ मेगावाट पुगेको छ । प्राधिकरणले ४७७ मेगावाट जलविद्युत् उत्पादन गरिरहेको छ । "/>

४ वर्षमा ४ हजार चार सय मेगावाट बिजुली थपिने

४ वर्षमा ४ हजार चार सय मेगावाट बिजुली थपिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,१९,मंशिर
नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा हाल जडित क्षमता ९७२ मेगावाट पुगेको छ । प्राधिकरणले ४७७ मेगावाट जलविद्युत् उत्पादन गरिरहेको छ । त्यस्तै प्राधिकरणले थर्मल पावर प्लान्ट मार्फत ५३ मेगावाट विद्युत् उत्पादन गरिरहेको छ । निजी क्षेत्रबाट ४४१ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । भारतबाट प्राधिकरणले ३११ मेगावाट विद्युत् आयात गरिरहेको विद्युत् उत्पादन निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपानेले बताए । अहिले हिउँदको मौसममा करिब १२ सय ६० मेगावाट विद्युतको माग रहेको छ भने आगामी वर्ष थप १० प्रतिशत माग बढ्ने प्राधिकरणको प्रक्षेपण छ । त्यस्तै आगामी ३ वर्ष भित्र बिजुलीको माग बढेर १६ सय मेगावाट भन्दा माथि पुग्ने प्राधिकरणको अनुमान छ ।

केही समय अघि मात्रै बुटवल पावर कम्पनी (बिपिसी)ले पाँच वर्ष भित्र १ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यका साथ चीनका तीन वटा प्रतिष्ठित इन्भेस्टमेन्ट कम्पनीसँग लगानीको साझेदारी गरेको छ । दुई खर्बको लगानी साझेदारी गर्दै कम्पनीले यस्तो महत्वाकांक्षी आयोजना निर्माणका लागि काम अगाडि बढाएको छ । यसका लागि बिपिसी र चिनियाँ कम्पनीले नयाँ कम्पनी एसटिआइभी इन्टरनेसनल नेपाल हाइड्रो डेभलपमेन्ट प्रालि दर्ता समेत गरिसकेका छन् । उक्त कम्पनीले पहिलो प्रोजेक्टका रूपमा १०० मेगावाटको तल्लो मस्र्याङ्दी जलविद्युत् आयोजना बनाउने घोषणा गरेको छ ।
नयाँपत्रिकाबाट

Logo