काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले युवा हुनु मात्रै नेतृत्वका लागि पर्याप्त नहुने र उमेर मात्र सबैथोक नभएको स्पष्ट पारेका छन्।
शनिबार काठमाडौंमा आयोजित पार्टीको एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले भने, ‘३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्, अहिले ९३/९४ वर्षका मानिसहरू पनि राष्ट्रपति छन्। ८० वर्षका डोनाल्ड ट्रम्प अमेरिकाजस्तो महाशक्ति राष्ट्रको राष्ट्रपति हुनुहुन्छ, तर ८० वर्षका सबै डोनाल्ड ट्रम्प पनि हुँदैनन्।’
उनले नेतृत्वका लागि क्षमता र कार्यकुशलता नै मुख्य कडी भएको तर्क गरे।
अध्यक्ष लिङ्देनले राप्रपामा २५/२६ वर्षका युवादेखि ८५/८६ वर्षसम्मका अग्रजहरू सक्रिय रूपमा लागिपरेको जानकारी दिए। राप्रपा युवाहरूको जोश र पुराना नेताहरूको अनुभवको उत्कृष्ट संयोजन भएको पार्टी रहेको उनको दाबी थियो।





























प्रतिक्रिया