लिबाङ ,१९,मंशिर
सदरमुकाममा राखिएका मतपेटिका जोगाउन मुसालाई पासो थापिएको छ । पहिलो चरणमा चुनाव भएका जिल्लाका मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा कडा सुरक्षा बीच राखिएको छ । मतपेटिका मुसाले काट्ने चिन्ता बढेको छ । रोल्पा सदरमुकाम लिबाङमा राखिएका मतपेटिका सुरक्षाका लागि नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले चौबिसै घन्टा पहरा दिइरहेका छन् । दलबाट खटाइएका हेरालु पनि मतपेटिका राखिएको कार्यालय परिसरमा टेन्ट राखेर बसिरहेका छन् । कोठा भित्र राखिएका मतपेटिका मुसाले काट्ने चिन्तामा उनीहरू छन् ।
मतपेटिका राखिएका पाँच बन्द कोठामा ताला लगाएर लाहा छाप लगाइएको छ । बाहिरी गेटमा पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले ताला लगाएर सिल गरेको छ । दलहरूको सहमतिमा साइरन सहितको ताला लगाइएको छ । ताला झुन्डिएको गेटमा प्रहरीले पहरा समेत दिइरहेका छन् । मंसिर १३ मा जिल्लाका १६० मतदान केन्द्रबाट संकलन गरिएका मतपेटिका भन्डारण गरिएका कोठामा कसैले पनि प्रवेश अनुमति पाएका छैनन् । मुसाबाट मतपेटिका जोगाउने चिन्तामा मुख्य निर्वाचन अधिकृत र सुरक्षा अधिकारी छन् । बाहिरी सुरक्षा मजबुत बनाइए पनि बन्दकोठाका मतपेटिका मुसाले काटिदेला भन्ने चिन्ताले पासो थापिएको मुख्य निर्वाचन अधिकृत वासुदेवलाल श्रेष्ठले बताए । ‘मुसा आउने सम्भाव्य ठाउँमा पासो थापिएको छ’, श्रेष्ठ भन्छन्, ‘मुसा आएपछि पासोमा टाँसिने गरी व्यवस्था गरेका छौं ।’ मतपेटिका राखिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको घरेलु भवन पुरानो छ । जहाँ मुसाको खतरा छ ।
अन्नपूर्णबाट





























प्रतिक्रिया