महोत्तरी,१९,मंशिर

जिल्लामा प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारी पूरा भएको छ । २१ मंसिरको निर्वाचनका लागि सुरक्षा दस्ता सहित कर्मचारी मतदानस्थलमा पुग्न थालेका छन् । "/>

महोत्तरीका सबै मतदानस्थल अति संवेदनशील

महोत्तरीका सबै मतदानस्थल अति संवेदनशील

केन्द्रबिन्दु
0
Shares

महोत्तरी,१९,मंशिर

जिल्लामा प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारी पूरा भएको छ । २१ मंसिरको निर्वाचनका लागि सुरक्षा दस्ता सहित कर्मचारी मतदानस्थलमा पुग्न थालेका छन् । निर्वाचन सम्पन्न गराउन आवश्यक सामग्री सहित कर्मचारीहरू मतदानस्थल गएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । केन्द्रमा मतदाताको संख्या बमोजिम कर्मचारी खटाइएको छ । मतदान अधिकृत, सहायक मतदान अधिकृतका साथै मतदान केन्द्रमा सहायक कर्मचारीको संख्या ३ वा ४ हुने कार्यालयले जनाएको छ ।

जिल्लाका ४ सय २६ केन्द्रमा तीन हजार भन्दा बढी कर्मचारी खटाइएको छ । चार प्रतिनिधिसभा र ८ प्रदेश सभा रहेको जिल्लामा पुरुष मतदाताको संख्या एक लाख ६९ हजार ८ सय ९७ र महिला मतदाताको संख्या एक लाख ४७ हजार ७ सय ९३ रहेको छ । तेस्रोलिंगी एक जना छन् । जिल्लाभित्र पनि सवारी जाँच तथा अन्य सुरक्षा जाँचलाई व्यापक बनाइएको उनले जनाए । प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले महोत्तरीका सबै मतदानस्थललाई नै अति संवेदनशीलको सूचीमा राखी सोही अनुरूप सुरक्षा व्यवस्था मिलाइएको बताए ।
नयाँपत्रिकाबाट

Logo