पर्वत ,१९,मंशिर

पर्वतका विभिन्न वित्तिय संस्था तथा ग्रामिण भेगहरुमा नक्कली नोट भेटिन थालेका छन् । "/>

पर्वतमा नक्कली नोटको विगविगी

पर्वतमा नक्कली नोटको विगविगी

केन्द्रबिन्दु
0
Shares

पर्वत ,१९,मंशिर

पर्वतका विभिन्न वित्तिय संस्था तथा ग्रामिण भेगहरुमा नक्कली नोट भेटिन थालेका छन् । चुनावकै मुखमा नक्कली नोट भेटिए पछि निर्वाचन आफ्नो पक्षमा पार्नका लागि नक्कली नोटको प्रयोग हुन सक्ने आशंका गरिएको छ ।
यस अघि बागलुङ्ग र म्याग्दीमा केही दिन अघि नक्कली नोट भेटिएकामा अहिले पर्वतमा पसल र बित्तिय संस्थामा ल्याइएको रकममा नक्कली नोट भेटिन थालेका हुन । कुस्मामा नक्कली नोट भेटिने क्रममा गण्डकी बिकास बैंकमा जम्मा गर्ने क्रममा एक लाखको मुठोमा एउटा हजारको नक्कली नोट फेला परेको थियो भने ग्रीन डेभलपमेन्ट बैंक तथा हिमालयन बैंकमा जम्मा गर्न ल्याएको पैसाको बिटोमा नक्कली नोट भेटिएको थियो । गण्डकी बिकास बैंकमा केही दिन पहिले गुरुङ्ग थरका ग्राहकले रकम जम्मा गर्न ल्याउने क्रममा उक्त नोट भेटिएको थियो भने ग्रीन बैँकका सुदिप राजण्डारीले ग्राहकले जम्मा गर्न ल्याएको पैसाको बिटोमा एक हजार रुपैँयाको नक्कली नोट फेला परेको बताए । नक्कली नोटमा कलमले लेख्दा फुल्ने एवं सजिलै डल्लो पर्ने गरेको उनले अनुभव सुनाए। यस अघि म्याग्दी र बागलुङमा जस्तै पर्वत पातीचौरमा नक्कली नोट भेटिएको थियो । चुनावको मुखमा यसरी नक्कली नोट भेटिनुले मतदातालाई प्रभावित पार्नका लागि नक्कली नोटको प्रयोग भएको हुन सक्ने आशंका गरिएको छ ।
नेपाल समाचारपत्रबाट

Logo