काठमाडौँ, १८, मंसिर
भूकम्पपछिको पुनर्निर्माणका लागि नियुक्त भएका नयाँ इन्जिनियरहरूले तालिम अवधिको भत्ता नपाएको भन्दै सपथ ग्रहण कार्यक्रम नै बहिस्कार गरेका छन् । कानुन विपरित इन्जिनियरहरूले भत्ता माग गरेपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उनीहरूको माग पूरा गर्न नसकिने जनाउँदै आएको छ । तर प्राधिकरणले आयोजना गरेको सपथ कार्यक्रम बहिस्कार गरेर इन्जिनियरहरूले अराजक र अनुशासनहिन व्यवहार देखाएको प्राधिकरणका अधिकारीहरू बताउँछन् ।
१० दिने तालिम लिएर ६ महिनाका लागि करारमा नियुक्ति पाएका इञ्जिनियरहरूका लागि प्राधिकरणले बुद्धनगरमा आयोजना गरेको सपथ उनीहरूले बहिस्कार गरेका हुन् । तालिम अवधिको समेत भत्ता पाउनु पर्ने भन्दै उनीहरूले कार्यक्रम सुरु हुनु अघि नै होहल्ला गरेका थिए । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुषालले शपथग्रहण गराउँदा अधिकांशले आफ्नो स्थानबाट नउभिइकन बहिस्कार गरेका थिए । पुनर्निर्माणमा खटिन लागेका इन्जिनियरहरूले होहल्ला गर्दै अघि आएर अनुशासनहीनता देखाएपछि सपथग्रहण कार्यक्रम मर्यादित हुन सकेन । आइतबारै खटाउन लागिएका ३ सय ९१ सहायक प्राविधिकहरूको सपथ कार्यक्रम भने निकै मर्यादित थियो ।
कारोबारबाट





























प्रतिक्रिया