ताप्लेजुङ, १८, मंसिर

पूर्वी ताप्लेजुङ र पाँचथरको सिमानामा बग्ने इँवा खोलाबाट उत्पादन गर्न लागिएको इँवा खोला जलविद्युत आयोजनाको ७० प्रतिशत बढी काम सम्पन्न भएको छ। "/>

इँवा खोला जलविद्युत आयोजनाको ७० प्रतिशत काम पुरा

इँवा खोला जलविद्युत आयोजनाको ७० प्रतिशत काम पुरा

केन्द्रबिन्दु
0
Shares

ताप्लेजुङ, १८, मंसिर

पूर्वी ताप्लेजुङ र पाँचथरको सिमानामा बग्ने इँवा खोलाबाट उत्पादन गर्न लागिएको इँवा खोला जलविद्युत आयोजनाको ७० प्रतिशत बढी काम सम्पन्न भएको छ। यो गएको वर्षको कार्तिक महिना देखि रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले निर्माण गर्दै आएको कुल ९.९ मेगावाट क्षमताको जलविद्युत आयोजना हो । आगामी चैत मसान्त भित्र निर्माण सम्पन्न गरी विद्युत परीक्षण गर्ने लक्ष्य सहित निजी क्षेत्रको लगानीमा निर्माण सुरु गरिएको आयोजनाको कामको प्रगति लक्ष्य अनुसार नै भइरहेको बताइएको छ ।

लक्ष्य अनुसार कामलाई तीब्रता दिएसँगै एक वर्षको अवधि भित्रै ७२ प्रतिशत काम सम्पन्न गरी राम्रो प्रगति हासिल गरेको आयोजनाले जनाएको छ। आयोजनाका प्राविधिक प्रमुख लीलामणि पाठकले आयोजना निर्माणको हालसम्मको प्रगति अनुसार बाँध निर्माणको ७५ र बालुवा थिगार्ने पोखरीको ८० प्रतिशत निर्माण कार्य सम्पन्न भएको बताए । यस्तै पाइप लाइनमा पाइप बिछ्याउने कार्य ६५ प्रतिशत र विद्युत गृह निर्माणको ८० प्रतिशत काम सम्पन्न भएको पाठकले जानकारी दिए। पाठकका अनुसार पाइप लाइनको कुल ३ हजार २ सय मिटर दूरी मध्ये हालसम्म २ हजार ३ सय मिटर पाइप बिछ्याउने कार्य सम्पन्न भइसकेको छ। ताप्लेजुङको सिदिङ्बा गाउँपालिका–४ साब्लाखु र पाँचथरको याङ्वरक–४ थर्पू पुछार काभ्रे–दोभानमा आयोजनाको मुहान् अर्थात बाँध निर्माण हुने र थर्पूको दाहालगाउँ त्रिवेणीमा पावर हाउस (विद्युत गृह) रहने छ। कुल १ अर्व ६० करोड रुपैंयाँको लागतमा निर्माण हुँदै आएको आयोजनाका लागि विभिन्न पाँच वटा निजी बैङ्कहरुले लागत रकमको ६५ प्रतिशत लगानी गरेका छन् ।
नागरिकबाट

Skip This
Skip This
Logo