अमेरिकी इतिहासमै सबैभन्दा बढी मत पाए बाइडेनले

अमेरिकी इतिहासमै सबैभन्दा बढी मत पाए बाइडेनले

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

अमेरिकी राष्ट्रपति निर्वाचनका बलियो प्रतिश्पर्धी डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले इतिहासमै सबैभन्दा बढी लोकप्रिय मत पाएका छन् । उनले सन् २००८ मा बाराक ओबामाले प्राप्त गरेको मत भन्दा पनि धेरै मत पाएका हुन् ।

त्यतिबेला ओबामाले ६ करोड ९४ लाख ९८ हजार ५१६ मत प्राप्त गरेका थिए । यस पटक जो बाइडेनले ७ करोड २० लाख (५०.४ प्रतिशत) भन्दा बढी मत प्राप्त गरेक बताइएको छ ।

केही राज्यमा अझै मतगणना जारी छ । त्यसैले उनले पाउने मत अझ बढ्ने अनुमान गरिएको छ । बाइडेनले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लोकप्रिय मतमा जितेका छन् । आज बिहानसम्म ट्रम्पले ६ करोड ८५ लाख (४७.९ प्रतिशत) मत प्राप्त गरेका छन् ।

Logo