काठमाडौं,१७,मंशिर
प्रतिनिधिसभा र प्रदेशसभा चुनाव मिति नजिकिँदै गएका बेला शीर्ष नेताहरू चुनावी अभियानमा व्यस्त भएका छन् । "/>

शीर्ष नेताहरू चुनावी दौडाहामा व्यस्त

शीर्ष नेताहरू चुनावी दौडाहामा व्यस्त

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,१७,मंशिर
प्रतिनिधिसभा र प्रदेशसभा चुनाव मिति नजिकिँदै गएका बेला शीर्ष नेताहरू चुनावी अभियानमा व्यस्त भएका छन् । प्रमुख दलका शीर्ष नेताहरु शनिबार दिनभर आमसभामा व्यस्त भए । केही नेताले त पाँच ठाउँमा पुगेर आमसभा मार्फत आफ्नो पार्टीका पक्षमा मतदान गर्न मतदातालाई आग्रह गरे ।

प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार देखि ७ नम्बर क्षेत्रमा छन् । उनी चुनाव पछि मात्र काठमाडौं फर्कने कार्यक्रम तय भएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार गोविन्द परियारले बताए । शनिबार उनी कञ्चनपुरका ३ वटा ठूलाठूला सभामा व्यस्त रहे । उनी कञ्चनपुरको बेलौरी, झलारी र महेन्द्रनगरमा गरिएको ३ ठूला सभामा सहभागी भए । उनीसँगै नेपाली कांग्रेसका केन्द्रीय नेताहरू रमेश लेखक, एनपी साउद र दिलेन्द्र बडू पनि विभिन्न कार्यक्रममा सहभागी भएका थिए ।

यसैगरी एमाले अध्यक्ष केपी ओली शनिबार झापा ,मोरङ, सुनसरी र उदयपुरका ४ वटा सभामा व्यस्त रहे । उनी शनिबार बिहान झापाको कमल गाउँपालिकाको मंगलबारे, दिउँसो मोरङको उर्लाबारी, सुनसरीको दुहबी र उदयपुरको गाईघाटमा आयोजित आमभसामा प्रमुख अतिथि भए । यता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि शनिबार दिनभर व्यस्त रहे । उनी शनिबार बिहान काठमाडौं २ मा एमालेका प्रतिनिधिसभा उम्मेदवार माधव नेपाललाई सघाउन काठमाडौंको पेप्सीकोलामा आयोजित आमसभा र घरदैलो कार्यक्रममा व्यस्त रहे । यसैगरी दिउँसो ललितपर ३ को सुनाकोठीमा आयोजित आमसभामा सहभागी भए । शनीवार नै उनी कपिलवस्तु पुगेका छन् ।

कांग्रेसका नेता रामचन्द्र पौडेल शनिबार दिनभर आपनो गृहजिल्ला तनहुँमा व्यस्त रहे भने एमालेका नेता माधव नेपाल शनिबार दिनभर काठमाडौं २ का विभिन्न ठाउँमा व्यस्त रहे । कांग्रेसका नेता प्रकाशनमान सिंह पनि काठमाडौं १ मा आयोजित कोणसभाका सहभागी भएका थिए ।
नागरिकबाट

Logo