काठमाडौं,१७,मंशिर
चालू आर्थिक वर्षको चार महिनामा वैदेशिक रोजगारीमा हुने ठगीका करिब आठ सय उजुरी परेका छन् । चालू आव २०७४÷७५ को साउन देखि कात्तिक सम्म आफू ठगिएको भन्दै ७९४ जना कामदारले वैदेशिक रोजगार विभागमा उजुरी दिएका छन् । "/>

वैदेशिक रोजगारीका नाममा ठगी वढ्यो

वैदेशिक रोजगारीका नाममा ठगी वढ्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,१७,मंशिर
चालू आर्थिक वर्षको चार महिनामा वैदेशिक रोजगारीमा हुने ठगीका करिब आठ सय उजुरी परेका छन् । चालू आव २०७४÷७५ को साउन देखि कात्तिक सम्म आफू ठगिएको भन्दै ७९४ जना कामदारले वैदेशिक रोजगार विभागमा उजुरी दिएका छन् । वैदेशिक रोजगारीमा गएका र जाने तयारीमा रहेकाहरू आफू ठगिएको भन्दै उजुरी दिन आउने गरेको विभागका प्रवक्ता मोहन अधिकारीले जानकारी दिए । उजुरी दिनेको संख्या अहिले बढ्दो क्रममा छ । विभागमा सबैभन्दा बढी व्यक्तिगत ठगीका उजुरी परेका छन् । ‘कुनै पनि इजाजत कम्पनी नभएका व्यक्तिले विदेश पठाइदिन्छु भन्दै आफूलाई ठगी गरेको उजुरी दिने बढी छन, उनले भने । तर संस्थागत उजुरीमा भने कमी आएको छ । संस्थागत उजुरी भन्नाले म्यानपावर कम्पनीबाट भएको ठगी हो।
चालू आर्थिक वर्षको चार महिनामा म्यानपावर कम्पनीबाट ठगीमा परेको भन्दै ३८९ जना कामदारले उजुरी दिएको विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । पछिल्लो समय व्यक्तिगत ठगीका घटना पनि बढिरहेका छन् । यस्तै व्यक्तिगत ठगीका ४०५ वटा उजुरी दर्ता भएका छन् । रोजगारीका लागि दैनिक करिब दुई हजार नेपाली विभिन्न मुलुक जाने गरेका छन् । ऋण खोजेर वा जग्गा जमिन धितो राखेर विदेश पलायन हुने युवा स्वदेशमै दलाल र म्यानपावर व्यवसायीबाट ठगिइरहेका छन् । चालू आवको चार महिनामा मात्रै डेढ लाख भन्दा बढी युवा विदेश गइसकेका छन् ।
अन्नपूर्णबाट

Logo