काठमाडौं,१७,मंशिर
आज योमरी पून्ही पर्व हो । धान्य पूर्णिमाका दिन मनाइने योमरी पून्ही भूमिको पूजाको स्वरूप रहेको संस्कृतिविद तेजेश्वरबाबु ग्वंग बताउँछन् । "/>

आज योमरी पून्ही (धान्य पूर्णिमा) पर्व मनाईंदै

आज योमरी पून्ही (धान्य पूर्णिमा) पर्व मनाईंदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,१७,मंशिर
आज योमरी पून्ही पर्व हो । धान्य पूर्णिमाका दिन मनाइने योमरी पून्ही भूमिको पूजाको स्वरूप रहेको संस्कृतिविद तेजेश्वरबाबु ग्वंग बताउँछन् । उनी भन्छन्, ‘योमरी भोजन परिकारमा मात्र सीमित नरही भूमि अर्चना गर्ने संस्कारको सूत्र पनि साबित हुन्छ ।’ उनी योमरी पुन्हीलाई सामाजिकीकरणको सूत्रका रूपमा समेत व्याख्या गर्छन् । भन्छन्, ‘बाल सामाजिकीकरणको पहिलो चरण योमरी चार्ड देखि नै सुरु हुँदो रहेछ । योमरी चाडमै नेवार केटाकेटीहरू जुटेर मनोरम ढंगले आफूलाई समाज भित्र समावेश गर्छन् ।’ नेवारी परम्परामा योमरीका विभिन्न खाले गीत गाउने प्रचलन समेत रहेको जानकारहरु बताउँछन्।
नेवार समुदायमा योमरी सगुनमा पनि प्रयोग हुन्छ । भान्जा भान्जीको जोर जन्मदिनमा योमरीको माला लगाइदिने चलन रहेको संस्कृतिविद ग्वंग बताउँछन् । अहिले योमरी विशेषगरी ताइचिन चामलको पिठोको बनाइन्छ । नेवाः लहनाका सेफ पवन गोपालीका अनुसार ताइचिन चामलको पीठो नरम र लस्सादार हुने भएकाले योमरी फुट्ने सम्भावना हुँदैन । पिठोको बोक्रा भित्र चाकु, खुवा, नरिवल, तिल, काजु, पेस्ता, सुकुमेल अनि विभिन्न मसला लगायत सामग्री हालिएको हुन्छ । आकारका हिसाबले बायो र मायो दुई प्रकारका योमरी बनाउने चलन रहेको संस्कृतिविद तेजेश्वरबाबु ग्वंग बताउँछन् । योमरी विशिष्ट सीप, श्रम र प्रविधिको नमुना रहेको उनी बताउँछन् । योमरीलाई पानीको बाफमा बफाएर पकाइनु प्राविधिक नमुना रहेको उनको तर्क छ।
नागरिकबाट

Logo