यसरी पुर्ननिर्माण हुँदैछ हनुमानढोका दरबार स्क्वायर (भिडियो सहित)

यसरी पुर्ननिर्माण हुँदैछ हनुमानढोका दरबार स्क्वायर (भिडियो सहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, १६ मंसिर । नेपाल कला र संस्कृतिको धनी देश । यहाँका हरेक मठ मन्दिरमा पुर्खाका कलाकौशल झल्किन्छन् । यही कला र संस्कृतिकै कारण नेपाल विश्वसामु चिनिएको मात्रै छैन, पर्यटकीय गन्तब्य समेत बनेको छ ।

काठमाण्डौमा रहेको हनुमानढोका दरबार स्क्वायर विश्व सम्पदा सुचीमा सुचिकृत रहेको छ । कुमारी घर, हनुमानको मूर्ति, काल भैरव, शिव पार्वती मन्दिर, कृष्णको अष्टभूज मन्दिर, जगन्नाथ मन्दिर, वसन्तपुर दरबार, महादेव मन्दिर, त्रैलोक्य मोहन नारायण मन्दिर, सिहं सत्तल, तलेजु मन्दिर आदि यहाँका मूख्य आकर्षक स्थान हुन् ।

यस दरबार स्क्वायरको पूर्वमा हनुमानको विशाल मूर्ति राखिएकोले हनुमान ढोका दरबार स्क्वायर नाम राखिएको हो । हनुमानको मूर्तिको बायाँतिर नरसिहंको मूर्ति राखिएको छ । हनुमान मन्दिरसगैं नसल चोक छ, जहाँ पूर्वतिर शिवजीको मूर्ति छ । यस ठाउँमा राजा विरेन्द्रलाई राज्यभिषेक गराईएको थियो । यस चोकमा वसन्तपुर दरबार छ । त्यससँगै मल्ल कालका राजाका देवी तलेजु भवानीलाई समर्पित गरिएको तलेजु मन्दिर पनि छ । नेपाली शैलीको यो मन्दिर २५ मिटर अग्लो छ ।

यस दरबार स्क्वायरमा १७ औं शताब्दीका १५ भाषामा लेखिएका शिलालेख पनि पाइन्छ । त्यही शिलालेखसगैं रहेको धाराबाट दूध बग्छ भन्ने किवदन्ती छ र कसैले शिलालेखमा राजाहरुको कोषको बारेमा लेखिएको छ भन्ने पनि गर्छन् ।

यसले पनि हनुमान ढोका दरबार स्क्वायर काठमाडौंको एउटा महत्वपूर्ण पर्यटकीय स्थल मानिन्छ । यहाँको कला र संकृति अवलोकन गर्न यहाँ हरेक दिन हजारौं मानिसहरु घुम्न आउँछन् ।

१७ औं शताब्दीमा राजा प्रताप मल्लका पालामा बनेको हनुमान ढोका दरबार स्क्वायरका प्राय मन्दिरहरु गत २०७२ सालको भुकम्पले क्षति पुर्याएको छ । चाइना सरकारको सहयोगमा अहिले यहाँ पुर्ननिर्माणको काम भइरहेको छ ।

बसन्तपुरको पूर्ननिर्माण कसरी हुँदैछ हेर्नुहोला

Logo