दक्षिण कोरियाकाे प्रधानमन्त्रीमा हान सेओङ–सुक

दक्षिण कोरियाकाे प्रधानमन्त्रीमा हान सेओङ–सुक

केन्द्रबिन्दु
57
Shares

सियोल(दक्षिण कोरिया) । दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले हान सेओङ सुकलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् ।

नियुक्ति आगामी जुलाई जुलाई –१ देखि लागू हुने जनाइएको छ । यो सँगै हान ली जे म्युङको प्रशासनमा दोस्रो महिला प्रधानमन्त्री, किम मिन–सिओकको उत्तराधिकारी र देशको इतिहासमा ५० औँ प्रधानमन्त्री बनेकी छन् ।

दक्षिण कोरियाको राष्ट्रिय सभाले हान सेओङ–सुकलाई प्रधानमन्त्रीको रूपमा नियुक्त गर्न गरेको मतदानमा १६६ मत पक्षमा र सत्तापक्ष र सरकार समर्थक दलहरूबाट उपस्थित १६७ सदस्यहरू मध्ये एक विपक्ष मतको साथ अनुमोदन गरेको जनाइएको छ । हान यस पदका लागि अयोग्य भएको तर्कगर्ने मुख्य विपक्षी दल पिपुल पावर पार्टी (पिपिपी) ले बहिष्कार गरे तापनि जुन –३० मा पूर्ण अधिवेशनमा मतदान भएको थियो ।

लघु तथा मध्यम उद्यम (एसएमई) मन्त्रीका रूपमा कार्यरत हान सेओङ–सुक प्रधानमन्त्री नियुक्ति भएसँगै, २० वर्ष पछि दक्षिण कोरियाले पुनः महिला मन्त्री पाएको छ ।

Logo