वाम गठबन्धनको घोषणा: ललितपुर साइकलको सहर

वाम गठबन्धनको घोषणा: ललितपुर साइकलको सहर

केन्द्रबिन्दु
0
Shares

ललितपुर, १६ मंसिर । बढ्दो शहरीकरणले काठमाडौँ उपत्यकालाई साँघुरो बनाएको छ । धुवाँ धुलोले वातावरणलाई नराम्ररी प्रभावित पारेको छ । मानविय स्वास्थ्यमा समेत गम्भीर प्रकारका समस्या खडा गरेको छ । 

राजधानी शहरलाई सफा र स्वच्छ बनाउने भन्दै विभिन्न कार्यक्रम घोषणा पनि भए । तर कार्यान्वयनको पाटोबाट हेर्दा भने घोषित कार्यक्रम कहिल्यै अगाडि बढ्न सकेन । विशेषगरी पछिल्लो दिनमा राजधानीलाई साइकलको सहर बनाउने अभियान चल्न थालेको छ । 

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति नजिकिदै जाँदा राजधानीको ललितपुरलाई विशेष गरी सांस्कृतिक राजधानी र साइलकको सहर बनाउने लक्ष्यसहितको कार्यक्रम प्रतिनिधिसभाका उम्ेमदवारले घोषणा गरेका छन् । विशेषगरी वामगठबन्धनमा आवद्ध उम्मेदवारले ललितपुरलाई साइकल सिटी बनाउने र सांस्कृतिक राजधानी ललितपुर बन्न सक्छ भन्ने ध्येयका साथ कार्यक्रम अगाडि सारेका छन् । 

ललितपुरको सांस्कृतिक महत्व र ऐतिहासिक सम्पदाको जगेर्ना गर्ने लक्ष्यका साथ कला र संस्कृतिको राजधानीको विषय अगाडि सारिएको उम्मेदवारको तर्क छ । निर्वाचनको समयमा मोटरसाइकल ¥याली तथा जुलुश हुनु सामान्यजस्तै विषय बनेको छ । तर सांस्कृतिक राजधानीको जगेर्ना गर्ने र प्रचारप्रसार गर्ने लक्ष्यका साथ आज ललितपुरमा साइकल ¥यालीको आयोजना गरियो । 

उक्त ¥यालीको मूल मर्म भनेकै पर्यटकीय चक्रपथ बनाउने र वातावरण संरक्षणका लागि जनचेतना जगाउने उद्देश्य रहेको सहभागीले बताएका छन् । ललितपुरका तीनवटै निर्वाचन क्षेत्रका वाम गठबन्धनका उम्मेदवारले ललितपुरको शहरी क्षेत्रलाई सांस्कृतिक राजधानी बनाउने चुनावी घोषणापत्र तयार पारेका छन् । 

विशेषगरी पाटनदरबार, सातदोबाटो, हरिसिद्धि, ठैंब, नागदह, सुनाकोठी, ठेचो, बुङ्मति, सैंबु, एकान्तकुना हुँदै जावलाखेलसम्मको कुल २७ किलोमिटरको क्षेत्रलाई पर्यटकीय चक्रपथ र साइकलको सहर बनाउने लक्ष्य राखिएको छ । 

साइकल सिटी बनाउने अभियानमा लागेका ललितपुरका मनोज महर्जन हाम्रो सांस्कृतिक नगरीलाई नयाँ परिचय दिने अभियान शुरु भएकोमा खुशी व्यक्त गर्छन साइकल ¥यालीमा सहभागी उनले भने “हाम्रो मौलिक पहिचान गुम्ने खतरा बढिरहेको बेला यस्ता कार्यक्रमले नागरिकको चेतनास्तर बढाउन सहयोग गर्दछ ।” 

स्थानीयले आफूहरुलाई असाध्यै सरहाना गरेको जानकारी दिदै अर्का सहभागी सन्तोष महर्जन राम्रो काम जसले शुरु गरे पनि सहयोग गर्नुपर्ने बताउछन । “अव्यवस्थित शहरीकरणका कारण दैनिकजसो नयाँ घर बन्दै गएका छन् । सवारीसाधन आयातमा समेत वृद्धि भएको छ । विश्वका विभिन्न स्थानमा साइकल शहर बनेको र जनजीवनसमेत सहज भएका छन् । नेपालमा पनि त्यस्तो सम्भावना रहन्छ भन्ने मलाई लागेको छ” महर्जन भन्छन् । 

ललितपुरको बुङ्मतिमा त साइलकको सहर बनाउने अभियान नै शुरु गर्नुभएका दीपेन्द्र तुलाधार पनि अभियानमा सहभागी छन् । उनले ‘बुङ्मति ट्रायल’ भनेर साइकल प्रवद्र्धनको अभियान नै चलाएका छन्  । “ललितपुरलाई सांस्कृतिक नगरी र साइकलको सहर बनाउन सकिन्छ, राजनीतिक इच्छाशक्ति आवश्यक छ”  । 

वाम गठबन्धनले लिच्छवीकालीन र मल्लकालीन कला एवं संस्कृतिको प्रवद्र्धन गर्ने, पाटन दरबार क्षेत्रलाई सवारी मुक्त बनाउने कार्यक्रम चुनावी घोषणापत्रमा समावेश गरेको छ । बुङ्मतिका अमन तुलाधर बढ्दो शहरीकरण र बढ्दो सवारी नियन्त्रणका लागि पनि साइकल प्रवद्र्धन गर्ने विषय महत्वपूर्ण भएको विचार व्यक्त गर्छन । तुलाधरसमेत साइकल ¥यालीमा सहभागी भए । 

ललितपुर क्षेत्र नं ३ का वाम गठबन्धनका उम्मेदवार पम्फा भुसाल ललितपुरको मौलिक पहिचानलाई भावी सन्नतिका लागिसमेत जस्ताको तस्तै राख्ने लक्ष्यका साथ आफूहरुले अभियान शुरु गरेको बताउछन् । साइलकको शहर ललितपुर भन्ने पनि हाम्रो अर्को अभियान हो उहाँको भनाइ छ । 

पाटन दरबार क्षेत्रकै स्थानीयवासीसमेत रहनुभएका ललितपुर क्षेत्र नं ३ का प्रदेशसभाका उम्मेदवार राजकाजी महर्जन स्थानीयको चाहना र भावनालाई वाम गठबन्धनले मुखरित गर्न खोजेको बताउछन । नेवारको सांस्कृतिक पर्वको रुपमा ज्यापू दिवस मनाउन लागिएको छ । त्यसको समेत प्रचारप्रसार होस् र नेवारी कला संस्कृतिको समेत सम्वद्र्धन होस् भन्ने हाम्रो चाहना हो । यस्तो अभियान सञ्चालन गर्दा स्थानीयले असाध्यै ठूलो सहयोग गरेका छन्” महर्जनले भने । 

सोही क्षेत्रका प्रदेश ‘ख’ का उम्मेदवार जीवन खड्का ललितपुरलाई सांस्कृृतिक राजधानी बनाउने र साइकलको शहर बनाउने विषय विगत लामो समयदेखिको माग भए पनि अहिले आएर साकार हुन लागेको बताउछन । साइकलको शहर बनाउने अभियानको आजै पाटन दरबार क्षेत्रमा सो क्षेत्रका वाम गठबन्धनका उम्मेदवारले संयुक्तरुपमा उद्घाटनसमेत गरेका छन् । 

वाम गठबन्धनका उम्मेदवार मात्रै होइन, नेपाली काँग्रेसका उम्मेदवारसमेत ललितपुरको संस्कृति र पहिचानको संरक्षण गर्नुपर्छ भन्नेमा एक मत छन् । ललितपुर क्षेत्र नं ३ का उम्मेदवार मदन अमात्यले ललितपुर कला र संस्कृतिमा धनी रहेकाले त्यसको सम्वद्र्धन गर्ने विषय आफ्नो पनि कार्यसूची भएको बताए । पाटनका स्थानीयवासी उत्तम महर्जन ललितपुरलाई सांस्कृतिक नगरी र साइकलको शहर बनाउने कार्यक्रम जसले ल्याए पनि महत्वपूर्ण रहेको बताउनुहुन्छ । रासस

Logo