काठमाडौं,१६,मंशिर
प्रदेश तथा प्रतिनिधिसभाको २१ मंसिरमा हुने दोस्रो चरणको निर्वाचन सुरक्षाका दृष्टिले काठमाडौंका १४१ मतदानस्थललाई निर्वाचन आयोग र सुरक्षा संयन्त्रले संवेदनशील सूचीमा राखेको छ । काठमाडौंका ३२० मतदानस्थल मध्ये संवेदनशील मानिएका १४१ मतदानस्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको निर्वाचन आयोग र काठमाडौं जिल्ला सुरक्षा समितिले जनाएका छन् । काठमाडौंका ३२० मतदानस्थलमा ७३१ मतदान केन्द्र छन् । जसमा १४१ मतदानस्थल संवेदनशील र १७९ मतदानस्थल सामान्य रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सबैभन्दा बढी सुरक्षा चुनौती गोकर्णेश्वर नगरपालिका, कागेश्वरी नगरपालिका र तारकेश्वर नगरपालिकामा रहेको जिल्ला प्रशासन कार्यालयको निष्कर्ष छ । काठमाडौं जिल्ला सुरक्षा समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले सुरक्षा निकायसँग समन्वय गरेर संवेदनशील मतदानस्थलमा सुरक्षा व्यवस्था कडा बनाउने बताएका छन् । सामान्य मानिएको मतदानस्थल भन्दा संवेदनशील मानिएको मतदानस्थलमा सुरक्षा सशक्त हुने उनले बताए ।
राजधानीबाट































प्रतिक्रिया