काठमाडौं । विश्वकप २०२६ को अन्तिम ३२ को खेलमा शनिबार घानाको सामना गर्दैछ । खेल कानसास सिटीमा हुँदैछ । त्यस अगाडि घानाका अनुभवी प्रशिक्षक कार्लोस क्वरेजले आफ्नो टिमको काँधमा अफ्रिकी जिम्मेवारी रहेको दाबी गरेका छन् ।
केही अफ्रिकी टिम अन्तिम ३२ को चरणमै रोकिएपछि घानालाई अगाडि बढ्न आवश्यक रहेको क्वरेजको भनाई रहेको थियो । लगातार पाँचौं पटक विश्वकपमा प्रशिक्षकका रूपमा सहभागी क्वरेजको घाना तेस्रो उत्कृष्ट टिमका रूपमा नकआउट चरणमा पुगेको हो ।
क्वरेजले यसअघि कोलम्बियाली टिमको पनि जिम्मेवारी सम्हालिसकेका हुनाले दक्षिण अमेरिकी टिमले पेस गर्ने चुनौती भने बलियो हुने स्विकारेका छन् । कोलम्बिया भने समूह के विजेताका रूपमा दोस्रो चरण पुगेको हो ।
लयमा देखिएको कोलम्बियाले लिग चरणका तीनमध्ये दुई खेल जितेको छ । यसक्रममा उसले पोर्चुगललाई गोलरहित बराबरीमा रोकेको थियो । यो खेलको विजताले अन्तिम १६ मा स्विटजरल्यान्डको सामना गर्नेछ ।






























