काठमाडौं । सुर्खेत, दैलेख र अछाममा वर्षा अझै जारी रहने सम्भावना भएको जानकारी दिँदै बाढी पूर्वानुमान महाशाखाले जिल्लावासीलाई सतर्कता अपनाउन सुझाव दिएको छ।
बाढी महाशाखाले आज आइतबार बिहान ५:३० बजे सूचना जारी गरी भनेको छ, ‘पछिल्लो ३ घण्टामा सुर्खेत, दैलेख र अछाम जिल्लाका वर्षा मापन केन्द्रहरूमा हल्कादेखि मध्यम वर्षा भएको र थप वर्षा हुने सम्भावना रहेकाले सो क्षेत्र भई वहने ससाना खोलाहरूमा आकस्मिक बहाब बढ्न सक्ने जोखिम रहेकोले आवश्यक सतर्कता अपनाइराखौँ। केही दिनयता देशभर मनसुन सक्रिय भएकाले वर्षा हुने क्रम बढेको छ।






























