काठमाडौं, १४, मंशिर
काठमाडौंबाट अर्घाखाँची सन्धिखर्कतर्फ जाँदै गरेको बस बुधबार बिहान त्रिशूलीमा खस्यो । चितवनको फिस्लिङ पुग्दा विपरीत दिशाबाट आइरहेको ट्रकसँग ठोक्किएर उक्त दुर्घटना भएको थियो । दुर्घटनामा सात जनाको ज्यान गयो । गएको ४ कात्तिकमा पनि राजविराजबाट आएको रात्रिबस त्रिशूलीमै दुर्घटना हुँदा ३४ जनाको ज्यान गएको थियो । त्रिशूली नदीमा अहिले सम्म कति व्यक्तिले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् भन्ने यकिन तथ्यांक नभए पनि विगत १० वर्षको अवधिमा ज्यान जानेको संख्या ५९६ रहेको छ । धादिङ देखि चितवन सम्मको सडकखण्डमा सवारी दुर्घटनाबाट ५९६ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयको तथ्यांकले जनाएको छ । त्रिशूलीमा परेर पनि अंगभंग हुनेको संख्या भने हजारौं नाघ्ने प्रहरीको भनार्इ छ ।
मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौंडाका अनुसार त्रिशूली सडकखण्डमा मात्रै यो दुर्घटना भएको हो । तर त्यस भन्दा यता र उताको सवारी दुर्घटना पनि कम कहाली लाग्दा छैनन् । गत आर्थिक वर्षको सरकारी तथ्यांक अनुसार मध्यक्षेत्रको त्रिशूली सडकखण्डमा मात्रै १ हजार ८ सय १० सवारी दुर्घटना भएका थिए । मध्य क्षेत्रले धादिङ त्रिशूली सडकखण्डलाई सवारी दुर्घटनाको ‘रेड जोन’मा राखेको छ । प्रहरीले दिएको जानकारी अनुसार ०७२ वैशाख ९ गते धादिङको नौबिसेमा बस दुर्घटना हुँदा १७ जनाको एकैपटक मृत्यु भयो । धादिङ जिल्लाको नौबिसेमा पशुपतिनाथ तीर्थयात्राका लागि आएको भारतीय नम्बर प्लेटको बस दुर्घटना हुँदा १६ जना भारतीय धार्मिक पर्यटकको मृत्यु भएको थियो । धादिङ ट्राफिक प्रहरीका अनुसार २०७२/७३ मा ९५ वटा सवारी दुर्घटना हुँदा ६५ जनाको मृत्यु भएको छ भने १ सय २१ जना घाइते भएका छन् ।
राजधानीबाट































प्रतिक्रिया