त्यहाँ पुग्ने व्यक्ति कहिल्यै ज्युँदो फर्किदैन ?

त्यहाँ पुग्ने व्यक्ति कहिल्यै ज्युँदो फर्किदैन ?

केन्द्रबिन्दु
0
Shares

संसारमा कतिपय यस्ता स्थान छन्, जहाँ कोहिपनि व्यक्ति बाँच्न सक्दैनन् । त्यस्ता स्थानमा पुग्नु भनेको मृत्युको मुखमा पुग्नु हो । अतः मानिस मर्ने भएकै कारण ती स्थानहरुका मानिसलाई आउजाउका लागि निषेध गरिएको हुन्छ ।

बेलायती अनलाइन पत्रिका डेली मेलका अनुसार ब्राजिलको एउटा टापुमा मानिस गएपछि जिउँदो फर्कदैन । त्यहाँ मानिसलाई जानका लागि प्रतिवन्ध छ । किन होला ?

खासमा यस आइल्याण्डलाई नागको घर भनिन्छ । यहाँ दुनियाभरका सर्प पाइन्छ । यो आइल्यान्ड ब्राजिलमा छ । इलाहा दा क्यूइमादा नामको यस आइल्यान्डमा पुग्नेहरु जिउँदो फर्कदैनन् ।

त्यहाँ नजानका लागि ब्राजिल सरकारले चेतावनी नै जारी गरेको छ । त्यहाँ एकदमै विषालु सर्पले डसेर मर्ने संभावना अधिक हुन्छ । सर्पको विष यति खतरनाक छ कि, त्यसले शरीर नै कालो बनाइदिन्छ । यो टापुमा चार हजार भन्दा बढी प्रजातिका सर्प रहेको अनुमान छ । त्यो पनि एकदमै विशालु । कतिसम्म भने, हावामा उडिरहेको चरालाई पनि त्यहाँको सर्पले आफ्नो सिकार बनाउँछ ।

सर्पको साम्राज्य
संसारकै यस्तो स्थान हो यो जहाँ मान्छेको होइन, सर्पको हैकम चल्छ । त्यहाँ जानका लागि केवल केही बैज्ञानिकलाई मात्र सफलता मिलेको छ । उनीहरु सर्पका अध्ययन गर्न त्यहाँ जान्छन् । भनिन्छ, त्यस आइल्यान्डमा एक लाइट हाउस पनि छ । त्यसलाई रेखदेख गर्नका लागि एक परिवार त्यहाँ बस्छ । उक्त कर्मचारीका अनुसार उनी बसेको घरको सिसा फोरेर एकदिन सर्पको हुल घरभित्र पसेको थियो । त्यसपछि उनी त्यस टापु छाडेर भाग्ने कोशिस गरेका थिए । तर, उनको प्रयास सफल भएन । त्यहाँ उनलाई सर्पले डसेर मारिसकेको थियो । अहिले त्यो लाइट हाउस बन्द छ ।

Logo