मृत्यु एक रहस्य हो । जन्मपछि मृत्यु हुन्छ । तर, कहिले हुन्छ, कसरी हुन्छ, कहाँ हुन्छ ? कसैलाई थाहा हुँदैन । यदि मृत्युबारे पूर्वानुमान हुने भए दुनिया यति खुसी र सुखी सायदै हुन्थ्यो । जब मृत्यु बारे थाहा हुन्छ, मान्छेमा निरासा छाउँछ । उनीहरु नजिकिदै गरेको मृत्यु सम्झेर अत्तालिन्थे । त्यसैले बाँचुञ्जेल मान्छेले मृत्युबारे कल्पना गर्दैन । आफ्नो मृत्युलाई बिर्सेर रमाउँछ ।
तर, संसारमा केही व्यक्ति जन्मिएका थिए, जसलाई आफ्नो मृत्युको पूर्व आभाष थियो भनिन्छ । मृत्युअघि नै उनीहरुले आफ्ना मृत्युको संकेत पाइसकेका थिए ।
अब्राहम लिंकन
अमेरिकाको सोह्रौ राष्ट्रपति अब्राहम लिंकनले आफ्नो मृत्युबारे सपनामा देखेका थिए । यो कुरा उनले आफ्नी पत्नीलाई भनेका थिए । त्यसको केहि समयपछि नै उनको हत्या भयो । उनले भनेका थिए कि भोलिको सूर्योदय मैले देख्न पाउनेछैन । भयो पनि त्यस्तै । श्रीमतीसँगका कुरा उनको मृत्यु भएपछि चर्चित बन्यो ।
ज्योतिष नस्त्रेदमस
महान ज्योतिष नस्त्रेदमसले आफ्नो मृत्युको घोषणा आफैले गरेका थिए । १ जुलाई १५६६ मा जब एक पुरोहित उनीसँग भेट्न आए, तब नस्त्रेदमसले भने, ‘भोलि सूर्योदय हुने बेलासम्म म मरिसक्नेछु ।’ उनले भनेकै समयमा उनको मृत्यु भयो ।
महात्म गान्धी
महात्मा गान्धीलाई आफ्नो मृत्युबारे पहिले नै थाहा थियो । उनले आफन्तसँग हत्याराको बारेमा कुरा गरिरहेका थिए । उनले भनेका पनि थिए, ‘मलाई कसैले गोली हान्यो र त्यसलाई मैले आफ्नो छातीमा थापेर विना पीडा मृत्युवरण गरें भने म असलमा सच्चा महात्मा हुनेछु ।’
नभन्दै त्यसको भोलिपल्ट उनलाई गोली हानी हत्या गरियो । ३० जनवरी १९४८ मा गान्धीजीलाई अभिवादन गर्ने निहुले एक युवाले तीन गोली हाने ।































प्रतिक्रिया