प्रधानमन्त्रीले उद्योगी-व्यवसायीलाई बोलाए मन्त्रिपरिषद् कार्यालय

प्रधानमन्त्रीले उद्योगी-व्यवसायीलाई बोलाए मन्त्रिपरिषद् कार्यालय

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आज (बुधबार) उद्योगी-व्यवसायीसँग छलफल गर्ने भएका छन्। छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बिहान ११ बजे हुनेछ।

प्रधानमन्त्रीसँग छलफलका लागि बोलाइएको चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले जानकारी दिए। छलफलका लागि चेम्बर अफ कमर्सका साथै नेपाल उद्योग वाणिज्य महासंघका नेतृत्वकर्ता तथा पदाधिकारीलाई मन्त्रिपरिषद्‌को कार्यालयमा बोलाइएको छ।

उद्योगी व्यवसायीले सरकारले बजेट ल्याउनु अघिदेखि नै प्रधानमन्त्रीसँग छलफल गर्न खोजेका थिए।

Logo