धरान,१२, मंशिर

खानेपानी संस्थान धरानका नायव सुब्बा भरत तुङघक सुब्बा र उनकी श्रीमती टिकादेवी लिम्बुको सवारी दुर्घटनामा परी मृत्यु भएको छ। "/>

मोटरसाइकल दुर्घटनामा दम्पतिकै मृत्यु

मोटरसाइकल दुर्घटनामा दम्पतिकै मृत्यु

केन्द्रबिन्दु
0
Shares

धरान,१२, मंशिर

खानेपानी संस्थान धरानका नायव सुब्बा भरत तुङघक सुब्बा र उनकी श्रीमती टिकादेवी लिम्बुको सवारी दुर्घटनामा परी मृत्यु भएको छ। सोमवार को ४ प ६३१७ नम्बरको मोटरसाइकलमा धरानबाट इटहरी जाँदै गरेका सुब्बा दम्पतिलाई कोशी राजमार्ग अन्तर्गत धरानको तीनकुने सडक खण्डमा को १ झ २७१४ नम्बरको बराहा ज्वेलरी इण्डष्ट्रिज प्रालिको महेन्द्रा पिकअफले पछाडिबाट ठक्कर दिदा दुबै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। तीनकुनेबाट धरानको चराकोसे जङ्गलको बाटो हुँदै मोटरसाईकलमा सवार उनीहरुलाई अनियन्त्रित भई गुडिरहेको पिकअफले पछाडिबाट ठक्कर दिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले बताए। ठक्कर दिने गाडीका चालक धनकुटा हिलेका हिरालाल मगरलाई प्रहरीले पक्राउ गरी घटनाबारे अनुसन्धान थालेको उनले जानकारी दिए। सुब्बा लिम्बु भाषा संस्कृतिका ज्ञाता समेत हुन् ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo