काठमाडौं,१२, मंशिर
प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई आधार मानेर कुनै माध्यम वा संस्थाले मत सर्वेक्षण गर्न नहुने बताएका छन् । निर्वाचन आयोगमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख आयुक्त डा यादवले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको पहिलो चरणको मतदान सम्पन्न भएको र दोस्रो चरणको मतदान यही मंसिर २१ गते हुन लागेको सन्दर्भमा निर्वाचनलाई लिएर मत सर्वेक्षण गरिनु निर्वाचन आचारसंहिता विपरीत हुने स्पष्ट पारेका छन् ।
निर्वाचन आचारसंहितामा उम्मेदवारको मनोनयन दर्ता भएको मिति देखि मत परिणामको घोषणा नभए सम्म उम्मेदवार वा राजनीतिक दलको परिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न नहुने उल्लेख छ । एक प्रश्नको जवाफमा प्रमुख निर्वाचन आयुक्त डा यादवले निर्वाचन आचारसंहिता विपरीत कसैले निर्वाचनलाई लिएर मत सर्वेक्षण गरेमा निर्वाचन आचारसंहिता उल्लंघन गरे बापतको कारबाही हुने जानकारी दिए ।
राजधानीबाट





























प्रतिक्रिया