शरीरभरी ट्याटु खोपाएका उनी अक्सर अर्धनग्न तरुनीहरुबाट घेरिएका हुन्छन् ।
यो कथा हो प्लेब्वाइको । प्लेब्वाइ मात्र होइन, अति धनाढ्यको । उमेरको हिसाब लगाउने हो भने, ५० वर्ष पार गरिसके । हाम्रो सन्दर्भमा हेर्ने हो भने, धर्मकर्म, तीर्थब्रतमा लाग्नुपर्ने उमेर हो यो । तर, यी बुढा अझै जवान छन् । जवान भन्दा पनि जवान जतिकै रोमान्टिक छन् । उनको चर्चा पनि रोमान्सकै कारण हुने गर्छ ।

इटालीका अर्बपति गियानलुका वाछी हो उनको नाम । आफ्नो लक्जरी लाइफस्टाइल र पार्टीका कारण उनी बारम्बार चर्चामा आउने गर्छन् । शरीरभरी ट्याटु खोपाएका उनी कहिले समुन्द्री किनारमा त कहिले स्विमिङ पुलमा अर्धनग्न तरुनीहरुसँग घेरिएर रहेका हुन्छन् ।
उनको लाइफस्टाइलबाट चकित लाखौ युवा उनलाई पच्छ्याइरहेका छन्, सोसल मिडियामा । इन्स्टाग्राममा उनका फलोअर्स एक करोडभन्दा बढी छ ।

एक अन्र्तवार्तामा उनले के भनेका छन् भने, ‘मलाई आफ्नो तस्बिर मन पर्दैन । म एकदमै लजालु स्वभावको छु । मलाई युवतीसँग कुरा गर्न हिम्मत हुँदैन ।’
यद्यपी आफ्नो चमकदमकपूर्ण जीवनशैली भने २० बर्षको उमेरदेखि नै अंगाल्दै आएको उनको भनाइ छ । केही समयअघि उनी एकदमै धेरै ऋणमा डुबेको चर्चा थियो । बैंकको ऋण चुकाउन नसकेकै कारण उनको प्राइभेट जेट, लक्जरी याचसहित केही सम्पत्ति जफत गरिएको थियो ।

एजेन्सी





























प्रतिक्रिया